मिर्मिरे माइक्रोफाइनान्सले बोनस शेयर मात्रै दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मिर्मिरे माइक्रोफाइनान्सले बोनस शेयर मात्रै दिने



काठमाडौं। मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैँक लिमिटेडले ३० दशमलव ८० प्रतिशत बोनस शेयर मात्रै दिने भएको छ । माइक्रोफाइनान्सले यसअघि  ३० दशमलव ८० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव ६२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।

उक्त प्रस्ताव राष्ट्र बैंक समक्ष अनुमोदनका लागि पेश गर्दा ग्राहक संरक्षण कोषमा पर्याप्त रकम जम्मा गर्नू भन्ने निर्देशन आएपछि नगद लाभांश नदिने निर्णय गरिएको कम्पनीले जनाएको छ । त्यसकारण माइक्रोफाइनान्सले ३० दशालव ८० प्रतिशत बोनस शेयरमात्रै दिने प्रस्ताव गरेको छ । बोनसमा लाग्ने कर भने लगानीकर्ताले नै तिर्नुपर्ने भएको छ ।

मिर्मिरे माइक्रोफाइनान्सले ३०.८० प्रतिशत बोनस शेयर मात्रै दिने

 

प्रकाशित : २० मंसिर २०७४, बुधबार १२:२३