लालबन्दीमा एमाले र राजपा नेपालका कार्यकर्ताबीच कुटाकुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

लालबन्दीमा एमाले र राजपा नेपालका कार्यकर्ताबीच कुटाकुट



सर्लाही । सर्लाही लालबन्दी नगरपालिका–३ जब्दी भैरवपुरमा एमाले र राजपा नेपालका कार्यकर्ताबीच झडप भएको छ । झडपामा दुई जना घाइते भएका छन् । मंगलबार राती एमाले कार्यकर्ताले राजपाको पोष्टर पम्पलेट र झण्डा जलाएपछि राजपा कार्यकर्ताले पनि एमालेको पोष्टर जलाएको विषयलाई लिएर आज बिहान झडप भएको हो ।

एमाले कार्यकर्ता तुलसी नारायण श्रेष्ठको नेतृत्वमा आएकाहरु राजपा नेपालका कार्यकर्ताहरु चिया पसलमा चिया खाई रहेको अवस्थामा माथि आक्रमण गर्न खोजेपछि दोहरो झडप हुँदा सर्लाही निर्वाचन क्षेत्र नंं १ को (ख) बाट राजपा नेपालको तर्फबाट प्रदेश सभाका उम्मेदवार राम प्रसाद चौधरीका छोरा सूर्य नारायण चौधरी र एक जाना एमाले कार्यकर्ता घाईते भएको जनाइएको छ ।

प्रकाशित : २० मंसिर २०७४, बुधबार १३:२६