१ सय ४ नाघ्यो डलर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

१ सय ४ नाघ्यो डलर



काठमाडौं। नेपाली रुपैयाँको तुलनमा अमेरिकी डलरको भाउ एकै दिन एक रुपैयाँ तीन पैसाले बढेको छ । आजका लागि नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी विनिमय दरअनुसार एक अमेरिकी डलरका लागि उपभोक्ताले १०४ रुपैयाँ चार पैसा तिर्नुपर्ने भएको छ । तर बैंकमा गएर डलरको साटो नेपाली रुपैयाँ लिँदा भने एक अमेरिकी डलरबापत १०३ रुपैयाँ ४४ पैसामात्र पाइने छ ।

नेपाल राष्ट्र बैंकले हिजोका लागि एक अमेरिकी डलरको खरिद दर १ सय २ रुपैयाँ ४१ पैसा र बिक्री दर १ सय ३ रुपैयाँ १ पैसा तोकेको थियो ।

प्रकाशित : २८ श्रावण २०७२, बिहीबार ०७:०३