भोट हाले पछि देउवाले भने -‘ओलीजी अझै पनि चुनाव सार्छन् भन्दै हुनुहोला’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

भोट हाले पछि देउवाले भने -‘ओलीजी अझै पनि चुनाव सार्छन् भन्दै हुनुहोला’



डडेल्धुरा । प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेलधुराको गन्यापधुरा गाउँपालिका–१, रुवाखोलाको असिग्राम उच्च मावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।

आफैलाई मत दिएपछि देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति व्यग्य हानेका छन् । ‘मैले भर्खर भोट हालें, एमाले अध्यक्ष ओलीले पनि भोट हाल्नु भयो होला’ मतदानपछि देउवाले भने, भोट हालेपछि पनि ओलीजी देउवाले चुनाव सार्दैछन् भनिरहनु भएको होला।’

निर्वाचन सफलतापूर्वक भएको भन्दै निर्वाचनपछि पनि कांग्रेसकै सरकार बन्ने उनको दाबी छ । उनले काँग्रेसको सरकारमा आफै प्रधानमन्त्री बन्ने पनि दाबी गरे ।

मतदानका लागि देउवा सदरमुकामबाट हेलिकोप्टरमा आफ्नो गाउँ पुगेका थिए। जिल्ला सदरमुकामबाट २१ किमी टाढा रहेको सो विद्यालयमा देउवाले प्राथमिक तहसम्म अध्ययन गरेका थिए।

प्रकाशित : २१ मंसिर २०७४, बिहीबार १३:००