भूकम्पले पर्यटक क्षेत्रमा पारेको प्रभावको पुर्ण विवरण आउन एक वर्ष लाग्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

भूकम्पले पर्यटक क्षेत्रमा पारेको प्रभावको पुर्ण विवरण आउन एक वर्ष लाग्ने



काठमाडौँ । वैशाख १२ गते गएको  भूकम्पले पर्यटन क्षेत्रमा पारेको आर्थिक क्षतिको आधिकारीक विवरण आउन एक वर्ष लाग्ने भएको छ । ‘भूकम्पले पर्यटनहरुले पद यात्रा गर्ने सडक, बास बस्ने होटल लगाएतका क्षेत्रमा असर पारेकोले सम्बन्धीत निकायले त्यसको तथ्याङक दिने क्रम जारी छ,’ पर्यटन विभागका महानिर्देशक तुल्सी प्रसाद गौतमले भने,‘सबै आधिकारीक विवरण आउन लगभग एक वर्ष लाग्छ ।
भूकम्पका कारण तीन सय ५० किलोमिटर पर्यटकीय पद यात्रा मार्ग क्षतविक्षत भएकाले पर्यटक आवागमन सहज बनाउन नयाँ रुटको आवश्यक भएको उनको भनाई छ । भूकम्पले पदयात्रा मार्गमा बढी क्षति भएकाले टुर अपरेटरले आधिकारीक तथ्याङक सार्वजनिक नगरेकाले तत्काल यति क्षति भएको भन्ने तथ्याङ्क नभएको उनको धारणा छ । भूकम्पले पदयात्रा अधिकाशं क्षति भएकाले लाङटाङ, मनासलु क्षेत्रमा पर्यटक पठाउन नसकिएको उनको भनाई छ । यसका लागि मन्त्रालयमा त्यसको विकल्पमा नयाँ पदयात्रा खुलाउन प्रस्ताव पठाएका छौं, तत्काल पदयात्रा खुलाउनु पर्छ, उनले भने, ‘मन्त्रालयले जवाफ पठाएको छैन् ।’ यता भूकम्पले खुम्बु र अन्नपूर्ण क्षेत्र भने सुरक्षित रहेको सुवेदीले जानकारी गराए ।

भूकम्पले आशिंक क्षति भएको पर्यटकीय गन्तव्यमा घुम्न, रमणिय दृश्यावलोकन गर्न एक जनालाई मात्र प्रमिट दिदैनौ, महानिर्देशक सुवेदिले भने,‘ कम्तिमा दुई जनालाई प्रमिट दिन्छौं, जसमा एक जना तालिम प्राप्त गाईड हुन्छन् ।’बोर्डमा आयोजित कार्यक्रममा नेपालमा पर्यटन आवगमनको पिक सिजन मानिने सेप्टेम्बरलाई लक्षित गरेर विभागले सहयोग गर्ने भएको छ । त्यसका लागि पर्यटन बोर्डले पर्यटन प्रवर्दनमा छुट्टयाएको पैसा पुनरुत्थानमा खर्च नगर्ने समेत जनाएको छ ।

आगामी शरद ऋतु (सेप्टेम्बर – नोभेम्बर २०१५) र आसन्न कैलाश भ्रमण(धार्मिक पर्यटन) लक्षित गरी विशेष प्रवर्दन योजना तर्जुमा गर्न बोर्डले गृह कार्य गरेको बोर्डका प्रशासकिय अधिकृत रमेश अधिकारीले बताए । बोर्डले पर्यटन पुनरुत्थानका लागि पर्यटन पुनरुत्थान समिति गठन गरेको छ । समितिले मुख्य परामर्श संयन्त्रको रुपमा काम गर्ने अधिकारीले बताए । भूकम्पले उपत्यका भित्रका क्षतिग्रस्त सम्पदा स्थल, साँस्कृतिक केन्द्र र दरबार क्षेत्रलाई पर्यटकले अवलोकन गर्न प्ररातत्व विभाससँग समन्वय गरी छिटो भन्दा छिटो खुल्ला गर्ने भएको छ ।

यस्तै बोर्डले प्रधानमन्त्री दैवि प्रकोप उद्वार कोषमा पाँच करोड सहयोग गर्ने भएको छ । बोडएले १० करोड रुपैयाँ विउ पूजिँ राखी पर्यटन पु्नरुत्थान कोष स्थापना गर्ने र सो कोषमा सहयोग पुर्याउन बोर्डले बैंकमा खाता खोली सम्बद्व संघ संस्थालाई सहयोग गर्न आहवान समेत गर्ने जनाएको छ ।

प्रकाशित : ३ जेष्ठ २०७२, आईतवार १४:३६