वाम गठबन्धनको अग्रताः गठबन्धन ३ स्थानमा विजयी, ३१ स्थानमा अग्रता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

वाम गठबन्धनको अग्रताः गठबन्धन ३ स्थानमा विजयी, ३१ स्थानमा अग्रता



काठमाडाै ।प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको प्रारम्भिक परिणाम वामगठबन्धनले विजयी सुरुवात कायम गरेको छ भने अधिकांस स्थानमा अग्रता कायम गरेको छ ।

 

शुक्रबार विहानसम्म प्रतिनिधि सभाको लागि नेकपा एमालेले २ स्थानमा र नेकपा माओवादी केन्द्रले १ स्थानमा जित हासिल गरेका छन् । त्यस्तै मतगणना जारी रहेका स्थानहरु मध्ये एमालेले १८ स्थानमा र माओवादीले १३ स्थानमा अग्रता हासिल गरिरहेको छ ।

एमालेले मुस्ताङ र मनाङबाट खाता खोलेको छ भने पूर्वी रुकुमबाट माओवादीले खाता खोलेको छ । मुस्ताङबाट एमालेका प्रेम प्रसद तुलाचन तथा मुस्ताङबाट एमालेका पाल्देन गुरुङ विजयी भएका छन् । त्यस्तै पूर्वी रुकुमबाट माओवादीकी कमला रोक्का विजयी भएकी छन् ।

नेपाली कांग्रेसले अहिलेसम्म खाता खोलेको छैन । उसले ४ स्थानमा अग्रता हासिल गरेको छ । २ स्थानमा अन्य उम्मेदवारले अग्रता हासिल गरेका छन् ।

त्यस्तै प्रदेशसभातर्फ एमालेले २ स्थानमा विजय हासिल गरी २२ स्थानमा अग्रता कायम गरेको छ । त्यस्तै माओवादीले १९ स्थानमा अग्रता लिएको छ भने कांग्रेसले ७ र अन्यले १ स्थानमा अग्रता लिएका छन् ।

प्रकाशित : २२ मंसिर २०७४, शुक्रबार ०८:५०