भक्तपुर क्षेत्र नं २ मा विवादः मतगणना अनिश्चित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

भक्तपुर क्षेत्र नं २ मा विवादः मतगणना अनिश्चित



भक्तपुर  । भक्तपुर क्षेत्र नं २ मा विवादका कारण मतगणना कहीले शुरु गर्ने भन्ने अनिश्चित बनेको छ । बिहान १० बजे सर्वदलीय बैठकमा सहमति हुन नसकेपछि मतगणना अनिश्चित बनेको हो ।

डेढ घण्टा लामो सर्वदलीय बैठकपछि नेपाली काँग्रेसका प्रतिनिधि निशान ढुंगेलले बालकोट घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने, घाइतेको उपचार हुनुपर्ने र घरमा भएका क्षतिको क्षतिपूर्ति दिनुपर्ने माग राखेको बताए ।

 

उनले भने –“बालकोट घटनाको निष्पक्ष छानबिन हुनुप¥यो, घाइतेको उपचार हुनुप¥यो, घटनाको मुद्दा दर्ता हुनुप¥यो, धेरै घरमा क्षति पुगेको छ, क्षतिपूर्ति दिनुप¥यो, हाम्रो यही माग हो, हाम्रो माग पूरा नभएसम्म मतगणना गर्न दिदैनांै, लोकतान्त्रिक गठबन्धनलाई बाहिर राखेर मतगणना भए त्यसबाट उत्पन्न हुने परिस्थितको हामी जिम्मेवारी लिदैनौँ ।”

यता वाम गठबन्धनले भने बालकोट मतगणनालाई रोक्न नहुने माग गरेका छन् । वाम गठबन्धनका तर्फबाट एमालेका जिल्ला उपाध्यक्ष वचन देउजाले बालेकाट घटनाको छानबिन गर्नुपर्ने मागमा कुनै आपत्ति नभएको बताउदै बाहिर भएको झगडाको विषयलाई लिएर मतगणना रोक्न नहुने बताए ।

प्रकाशित : २२ मंसिर २०७४, शुक्रबार १३:१४