स्टान्डर्ड चार्टर्ड बैंकले १०० प्रतिशत बोनस सेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

स्टान्डर्ड चार्टर्ड बैंकले १०० प्रतिशत बोनस सेयर दिने



काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकले १०० प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउन शतप्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । बैंकले बोनसमा लाग्ने कर तिर्न ५ रुपैयाँ २६ पैसा नगद लाभांश पनि दिने भएको छ । बैंकको यो निर्णयलाई आगामी साधारण सभाले अनुमोदन गर्नुपर्नेछ ।

स्टान्डर्ड चार्टडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४८ करोड २५ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको रिजर्भ कोषमा ८ अर्ब ५५ करोड १६ अर्ब ६८ करोड रुपैयाँ छ । बैंकले गत वर्ष बिक्री गरेको एपीओबाट आएको प्रमियम रकमका कारण रिजर्भ कोषमा भारी वृद्धि भएको हो । चार्टर्डले फेस भ्यालुमा ११ सय ९० रुपैयाँ प्रिमियम जोडर एफपीओ बेचेको हो । चार्टर्डको प्रतिसेयर आम्दानी ४८ रुपैयाँ १८ पैसा (वार्षिक) छ भने प्रतिसेयर नेटवर्थ ३१३ रुपैयाँ ४९ पैसा छ ।

प्रकाशित : २४ मंसिर २०७४, आईतवार ११:४९