पुस २८ गते एभेष्ट बैंककाे साधारण सभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

पुस २८ गते एभेष्ट बैंककाे साधारण सभा



काठमाडौं । एभेष्ट बैंक लिमिटेडले पुस २८ गते २३ औं साधारणसभा बोलाएको छ । बैंकको मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले पुस २८ गते विहान ११ बजे लैनचोर ब्यांकेट लैनचोरमा बस्ने गरी सभा बोलाएको छ ।

उक्त साधारणसभामा बैंक सञ्चालक समितिले प्रस्ताव गरेको ३३ प्रतिशतका दरले बोनस शेयर दिने प्रस्ताव पारित गर्ने भएको छ ।

बैंक सञ्चालक समितिको बैठकले चुक्तापूँजीको ३३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ७४ प्रतिशत १० करोड ४८ लाख २२ हजार ५१३ रुपैयाँ नगद लाभांश दिने भएको हो ।

 

प्रकाशित : २५ मंसिर २०७४, सोमबार ११:३८