मेगा बैंकको कामु सिइअोमा अनुपमा खुँजेली नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मेगा बैंकको कामु सिइअोमा अनुपमा खुँजेली नियुक्त



काठमाडौं । मेगा बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा अनुपमा खुँजेली नियुक्त भएका छन् । यस अघिका सीईओ अनिल केशरी शाह बैंकबाट औपचारिक रुपमा उक्त पदबाट बिदा भइसेका छन् ।

हाल सीईओ पद खालि रहेको छ र खुँजेलीले अर्का नयाँ सीईओ नियुक्त नहुंजेल उनले जिम्मेवारी सम्हाल्नेछिन् । बैंकको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई कामु सिइओमा नियुक्त गरिएको हो । उनले स्टान्डर्ड चार्टड बैंकबाट बैंकिङ करियर शुरु गरेकी हुन् भने केहि वर्षदेखि उनी मेगामै कार्यरत थिइन् । स्टान्डर्ड पछि उनी नबिलमा समेत काम गरेकी थिइन् ।

प्रकाशित : २५ मंसिर २०७४, सोमबार १२:०९