आजका पत्रपत्रिकाहरुमा आर्थिक खबर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

आजका पत्रपत्रिकाहरुमा आर्थिक खबर



काठमाडौं । देशमा महाभुकम्पले ब्यापक रुपमा जनधनको क्षति गरेपछि सरकारले यस बर्षदेखि आन्तरिक ऋण पुनर्निमाणमा लगाउने भएको छ । कान्तिपुर दैनिकले अर्थमन्त्री डा. रामशरण महतसँगको अन्तर्वार्ता प्रकाशित गर्दै पुननिर्माणमा धेरै रकम आबश्यक पर्ने हुँदा आन्तरिक ऋणसमेत परिचालन गर्ने सोच सरकारले बनाएको उल्लेख गरेको छ ।

सरकारले निश्चित ब्याज दिएर सर्वसाधारण र बैंकबाट आन्तरिक ऋण उठाउँछ । ट्रेजरी बिल्स, ऋण पत्र र नागरिक बचतपत्र आन्तरिक ऋण उठाउने माध्यमहरु हुन । एकै पटक धेरै आन्तरिक ऋण उठाउन नसकिने भएकाले यसपालि उठाएर आउने नयाँ बजेटमार्फत खर्च गरिने रणनीति रहेको अर्थमन्त्रीले बताउनु भएको छ ।

कान्तिपुर दैनिकले नै भुकम्पपछिको पुर्ननिर्माणका लागि आबश्यक अन्तर्राष्ट्रिय सहयोग जुटाउन आफैले नै सहयोग सम्मलेन गर्ने उल्लेख गरेको छ । विभिन्न दाता देशहरुले सहयोग सम्मेलन गर्ने हानापाथ गर्न थालेपछि नेपाल आफैले सहयोग सम्मेलन गर्ने निचोडमा पुगेको हो ।
उता कारोबार दैनिकले भुकम्पमा परी ज्यान गुमाएका सर्वसाधारण र प्रभावित परिवारका लागि सरकारले तत्काल एक खर्ब रकम विनियोजन गर्नुपर्ने भएको उल्लेख गरेको छ । मन्त्रिपरिषदबाट हालै घोषणा भएका राहत प्याकेजथ अन्तर्गत सरकारले तत्काल खर्च गर्न एक खर्ब तीन अर्ब ३९ करोड ५० लाख रुपैयाँ तत्काल छ्ट्याउनुपर्ने भएको कारोबारको समाचारमा उल्लेछ ।
नागरिक दैनिकले भुकम्पले धेरै पर्यटकीय पुर्वाधारहरुमा क्षति गरेर विदेशी पर्यटकहरुमा नकारात्मक प्रभाव परेपछि फेरि पर्यटन पुनर्उत्थान गन १० करोड बिऊ पूँजीमा नेपाल पर्यटन बोर्डले पर्यटन पुनउत्थान कोष बनाउने घोषणा गरेको छ । कोषमा रकम बृद्धिका लागि बोर्डले दाताहरुसँग आग्रह गर्ने र यसबाट पर्यटन पुनउत्थान गर्न केही सहयोृग पुग्ने बोर्डका अधिकारीले बताएको समााचारमा उल्लेछ ।

आथिक अभियान दैनिकले भुकम्प गएको मौका छोपी केही बैंकहरुले कर्जाको ब्याज द्र बढाएको समाचार प्रकाशित गरेको छ । सनराईज बैंकले एसएमएसमार्फत ऋणीहरुलाई कर्जाको ब्याज दर बढेको जानकारी दिएको समाचारमा उल्लेछ ।
अन्नपुर्ण पोष्ट दैनिकले तातोपानी भन्सार कार्यालयको जाँच पास त्रिभुवन अन्र्तराष्ट्यि बिमानस्थलमा गरिने भएको जनाएको छ । पत्रिकाले भनेको छ – भुकम्पपछि २१ दिानदेखि तातोपानी भन्सारमा अलपत्र परेका सामानको जाँच त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले गर्ने भएको छ । चीनको तिब्बतसँगको महत्वपुर्ण नाका तातोपानीमा भुकम्पपछि दुइृेसय ५० ट्रक सामान अलपत्र छन् ।
भन्सार विभागका महार्दिेशक शिशिर ढुंगानाले तातोपानीबाट भन्सारका कर्मचारीले नै सामान सिलबन्दी गरेर बाह्रबिसेसम्म ल्याउने र त्यहाँबाट सशस्त्र प्रहरीको निगरानीमा काठमाडौ ल्याई भन्सार प्रक्रिया पुरा गरिने जानकारी दिनु भएको जनाईृएको छ ।

प्रकाशित : ४ जेष्ठ २०७२, सोमबार ०२:३९