भारतमा पेट्रोलियम पदार्थको भाउ फेरि घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

भारतमा पेट्रोलियम पदार्थको भाउ फेरि घट्यो



काठमाडौं । भारतमा पेट्रोलियम पदार्थको भाउ फेरि घटेको छ । शुक्रवार रातिदेखि लागु हुनेगरी पेट्रोलमा लिटरको १ रुपैया २७ पैसा र डिजलमा १ रुपैया १७ पैसाले भाउ घटेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

अन्तराट्रिय वजारमा कच्चा तेलको मुल्यमा आइरहेको गिरावटका कारण भाउ घटेको हो । यो संगै अगष्टमै २ पटक भाउ घटिसकेको छ । यो महिनाका पहिलो तारिखमै पेट्रोलमा २ रुपैयाँ ४३ पैसा र डिजलमा ३ रुपैयाँ ६० पैसाले भाउ घटेको थियो ।

भारतमा भाउ घटेपछि नेपालमा पनि भाउ घट्ने सम्भावना छ । भारतीय आयल निगमले पठाउने नयाँ भाउ अनुसार नेपालमा भाउ तोकिने छ ।

प्रकाशित : ३० श्रावण २०७२, शनिबार ११:५९