कृषि विकास बैंक घोटाला : शाखा प्रबन्धकसहित तीन कर्मचारी पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कृषि विकास बैंक घोटाला : शाखा प्रबन्धकसहित तीन कर्मचारी पक्राउ



काठमाडौं । कृषि विकास बैंकको न्युरोड शाखामा भएको अनियमिततामा बैंकका सिनियर कर्मचारीहरुको समेत संलग्नता खुलेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बैंकका शाखा प्रबन्धकसहित थप तीन कर्मचारीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कृषि विकास बैंक मुख्य शाखा, न्यूरोडका का.मु. मुख्य शाखा प्रवन्धक प्रेमहरी ढुङगेल, सोही शाखाका इसिसि प्रमुख गोपाल गिरी र कर्जा प्रमुख महेश्वर मरहट्टा रहेको प्रहरीले जनाएको छ । बैंकको मौज्दात रकम हिनामिना गर्ने कार्यमा संलग्न प्रतिबादी रेग्मीको बयानको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुलाई मंसिर २४ गते आइतबार पक्राउ गरी सोमबार उच्च अदालत पाटनबाट ७ दिनको म्याद थप भई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ ।

एकआपसमा मिलेमतो गरी बैंकलाई हानी नोक्सानी पु९याउने उद्धेश्यका साथ बैंकको मौज्दात रकम करिब ४ करोड ९१ लाख हिनामिना गरेको आरेपमा यसआिघ प्रहरीले काठमाडौंको नागार्जुन नगरपालिका–१ सितापाईला बस्ने ३२ वर्षीय दिपिका रेग्मी, काठमाडौं महानगरपालिका–१६ बालाजु बस्ने तेह्रथुम सिम्लेका ४२ वर्षीय प्रकाश घतानी र काठमाडौं महानगरपालिका–३२ बस्ने दोलखा भिमेश्वर–६ का ४२ वर्षीय रमेशकुमार थापा लाई पक्राउ गरेको थियो ।

रकम हिनामिना गर्नमा कृषि बिकास बैंक न्यूरोड शाखा कार्यालयमा कार्यरत सहायक टेलर दिपिका रेग्मीको मुख्य संलग्नता देखिएको भन्दै नेपाल राष्ट्र बैंकको पत्रपछि ब्यूरोको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रकाशित : २५ मंसिर २०७४, सोमबार १६:३५