विद्युत् उत्पादनमा सरकार भन्दा निजी श्रेत्र अगाडी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

विद्युत् उत्पादनमा सरकार भन्दा निजी श्रेत्र अगाडी



काठमाडौं । नेपालको निजी क्षेत्रले विद्युत् उत्पादनका क्षेत्रमा सरकारी निकायलाई पछि पारेको छ । सरकारले विद्युत् उत्पादन सुरु गरेको १ सय ६ वर्षमा ४७३.३९४ मेगावाट उत्पादन गरी केन्द्रीय ग्रीडमा जोडेकोमा निजी क्षेत्रले उत्पादन सुरु गरेको दुई दशकमै ४७७.३०२ मेगावाट पु¥याइ उछिनेको हो । यो खबर आजको कारोबार दैनिकमा छापिएको छ ।

१३.६ मेगावाटको थापाखोला जलविद्युत् आयोजनाको उत्पादनसँगै केन्द्रीय ग्रिडमा निजी क्षेत्रको ४७३.३०२ मेगावाट र विद्युत् प्राधिकरणका ३९ आयोजनाबाट ४७३.३९४ मेगावाट रहेको थियो ।

तर, निजी क्षेत्रले हालै ४ मेगावाटको सर्तीखोला जलविद्युत् आयोजनाको व्यापारिक उत्पादन सुरु गरेसँगै विद्युत् प्राधिकरणलाई पछि पारेको तथ्यांकले देखाएको छ ।

नेपालको निजी क्षेत्रले विद्युत् उत्पादनका क्षेत्रमा सरकारी निकायलाई पछि पारेको छ । सरकारले विद्युत् उत्पादन सुरु गरेको १ सय ६ वर्षमा ४७३.३९४ मेगावाट उत्पादन गरी केन्द्रीय ग्रीडमा जोडेकोमा निजी क्षेत्रले उत्पादन सुरु गरेको दुई दशकमै ४७७.३०२ मेगावाट पु¥याइ उछिनेको हो । १३.६ मेगावाटको थापाखोला जलविद्युत् आयोजनाको उत्पादनसँगै केन्द्रीय ग्रिडमा निजी क्षेत्रको ४७३।३०२ मेगावाट र विद्युत् प्राधिकरणका ३९ आयोजनाबाट ४७३.३९४ मेगावाट रहेको थियो ।

तर, निजी क्षेत्रले हालै ४ मेगावाटको सर्तीखोला जलविद्युत् आयोजनाको व्यापारिक उत्पादन सुरु गरेसँगै विद्युत् प्राधिकरणलाई पछि पारेको तथ्यांकले देखाएको छ । प्राधिकरणका अनुसार निजी क्षेत्रबाट ६७ जलविद्युत् आयोजनाको निर्माण कार्य पूरा भएको छ । विद्युत् ऐन २०४९ ले नेपालमा पहिलोपटक निजी क्षेत्रले समेत विद्युत् उत्पादन गर्न सक्नेगरी खुला गरेपछि २०५१ सालमा हिमाल पावर लिमीटेडले ६० मेगावाटको खिम्ती जलविद्युत् आयोजनाको लाइसेन्स पाएकोमा २०५७ सालदेखि उत्पादन सुरु गरेको थियो । त्यसपछि मात्र निजी क्षेत्रले यति धेरै क्षमतामा विद्युत् उत्पादन गर्न सकेको हो ।

वि. सं. १९६९ सालमा ५ सय किलोवाटको फर्पिङ जलविद्युत् आयोजनाको निर्माण सुरु भएको थियो भने २०१७ पछि विद्युत् कर्पोरेसन, विकास समिति र २०४१ पछि विद्युत् प्राधिकरणमार्फत सरकारले विद्युत् उत्पादनका आयोजनाहरू अघि बढाउँदै आएको छ ।

प्रकाशित : २६ मंसिर २०७४, मंगलवार १०:०५