नेप्सेमा आगलागीले शेयर कारोबार १ घण्टा ढिलो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेप्सेमा आगलागीले शेयर कारोबार १ घण्टा ढिलो



काठमाडौं। नेप्सेको भवनमा बुधवार भएको आगलागीले विहीवार बजार १ घण्टा ढिलो खुलेको छ ।आगलागीले ठूलो क्षति नभएपनि विद्युत आपूर्तिमा देखिएको समस्याले कारोबार ढिलो हुने नेप्सेले जनाएको छ । नेप्सेका प्रवक्ता मुरारी पराजुलीले भने, ‘ठूलो क्षति भएको छैन्, हाम्रो प्रणालीमा खासै क्षति भएको छैन् र विद्युतमा आपूर्तिमा देखिएको समस्याले मात्रै कारोबार केही ढिलो शुरु हुने भएको हो ।’उनले थप स्पष्ट पार्दे भने, ‘नेप्सेको एउटा कोठामा मात्रै आगलागी भएकोले विद्युत आपूर्तिको अवस्था कस्तो छ भन्ने बारे जाँच गरिंदै छ । सबै ठीक छ भन्ने भएपछि कारोबार शुरु हुन्छ ।’ उनले डाटा र कागजातमा कुनैपनि क्षति नपुगेको पनि प्रस्ट पारे । कारोबार जति समय ढलो शुरु हुन्छ त्यति नै कारोबार समय थप गरिने पनि उनले उनले जानकारी दिए ।बुधबार राती करिब ९ बजे आगलागी भएको थियो ।

प्रकाशित : २८ मंसिर २०७४, बिहीबार १२:२६