प्रिपेड मोबाइलमा डाटा प्याकेज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

प्रिपेड मोबाइलमा डाटा प्याकेज



काठमाडौं । नेपाल टेलिकमले जीएसएम प्रिपेड मोबाइल ग्राहकलाई लक्षित गर्दै डाटा प्याकेज ल्याएको छ । भदौ १ गतेदेखि लागू हुने गरी टेलिकमले विभिन्न दर रेटका प्याकेज उपलब्ध गराउन लागेको हो ।

टेलिकमले ब्रोञ्ज प्याक, सिल्भर प्याक र गोल्ड प्याक गरी तीन प्रकारको प्याकेज ल्याएको छ । ब्रोञ्ज प्याक अन्तर्गत २ सय र ५ सय एमबी डाटा प्याकेज उपलब्ध हुने छ । दुई सय एमबी प्याकको १३० रुपैयाँ र ५ सय एमबी प्याकको ३ सय रुपैयाँ तोकिएको छ । यो प्याक एक महिनाभित्र सिध्याउनुपर्ने हुन्छ ।

यसैगरी सिल्भर प्याक अन्तर्गत १ जीबी र ३ जीबी डाटा उपलब्ध गराइने छ । एक जीबीको ५ सय रुपैयाँ र ३ जीबीको १२ सय ९० रुपैयाँ तिर्नुपर्ने हुन्छ । १ जीबी प्याक एक महिना र ३ जीबी प्याक २ महिनाभित्र सिध्याउनुपर्छ । गोल्ड प्याक अन्तर्गत ५ जीबी र १० जीबी डाटा उपलब्ध हुने छ । ५ जीबी डाटाको १८ सय रुपैयाँ र १० जीबी डाटाको २८ सय रुपैयाँ तिर्नुपर्ने छ । ५ जीबीको प्याक तीन महिनासम्म र १० जीबीको प्याक ६ महिनासम्म चलाउन पाइने छ । उल्लेखित महसुल दरमा कर समावेश नगरेको टेलिकमले जनाएको छ ।

डाटा प्याक कसरी लिने ?

* डाटा सुविधा लिनका लागि आफुले चाहेको डाटा Volume उल्लेख गरी १४१५ मा SMS पठाउनु पर्छ । जस्तै M 200MB Data लिनुपरेमा DATA200MB Type गरी १४१५ मा SMS पठाउनु पर्छ ।

* प्रयोग गर्न बाँकी रहेको Data Volume थाहा पाउन VL Type गरी १४१५ मा SMS पठाउन सकिन्छ ।

प्रकाशित : ३२ श्रावण २०७२, सोमबार १२:४८