समानुपातिकतर्फको मतगणनामा कुन दलको अबस्था कस्तो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

समानुपातिकतर्फको मतगणनामा कुन दलको अबस्था कस्तो ?



काठमाडौं  । समानुपातिकतर्फको मतगणना आज बेलुकासम्म सकिने निर्वाचन आयोगले जनाएको छ । जारी मतगणनाको अन्तिम अवस्थासम्म आइपुग्दा केन्द्रीय संसदमा मात्र ५ दलले मात्रै राष्ट्रिय दलको हैसियत प्राप्त हुने भएको छ ।

संविधानमा राष्ट्रिय दलको हैसियत प्राप्त गर्न प्रत्यक्षमा एक सिट र कुल खसेको समानुपातिकतर्फ ३ प्रतिशत मत प्राप्त गर्नुपर्ने प्रावधान तोकिएका कारण ५ वटा राजनीतिक दलले मात्र राष्ट्रिय दलको हैसियत पाउने भएका हुन ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ सबैभन्दा ठूलो दल बनेको एमालेले समानुपातिकतर्फ समेत सबैभन्दा धेरै मत प्राप्त गरेको छ । प्रत्यक्षमा तेस्रो दल बनेको नेपाली काग्रेस समानुपातिकतर्फ भने दोस्रो दल हुन सफल भएको छ । प्रत्यक्षमा दोस्रो भएको माओवादी केन्द्र समानुपातिक तर्फ तेस्रो स्थान पाएको छ । शुक्रबार विहान ८ बजेसम्मको मतपरिणामः

कुन दलको अबस्था कस्तो ?

नेकपा एमाले :२९ लाख ४१ हजार २८६
नेपाली कांग्रेस :२८ लाख ५९ हजार १४९
माओवादी केन्द्र : ११ लाख ८३ हजार ७३७
संघीय समाजवादी फोरम : ४ लाख १६ हजार ६५०
राष्ट्रिय जनता पार्टी :३ लाख ७९ हजार ४१५
विवकेशील साझा पार्टी : १ लाख ९७ हजार २६
राष्ट्रिय प्रजातन्त्र पार्टी :१ लाख ८० हजार ७२
नयाँ शक्ति पार्टी : ७५ हजार ४८५
राष्ट्रिय प्रजातन्त्र पार्टी(प्र) :७४ हजार १३१
नेपाल मजदुर किसान पार्टीः ५२ हजार ६१४
अन्यः ३ लाख १७ हजार १९२

प्रकाशित : २९ मंसिर २०७४, शुक्रबार ०९:०३