शिखर शुज क्रेजि सेल्स सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

शिखर शुज क्रेजि सेल्स सुरु



काठमाडौ।२०वर्षअघि स्थापित कम्पनी शिखर शुज हालसम्म आइपुग्दा एक परिचित एवं लोकप्रिय ब्राण्डको रुपमा स्थापित भैसकेको छ । हालसम्म आइपुग्दा शिखर शुज,कन्भेयर मेसिन, पियू मेसिन (पोली युरेथेन) र डिएमएस (बुट बनाउने) मेसिनले सुसज्जित भैसकेको छ । शिखर शुजले हाल नेपाली ब्राण्डका जुत्ताको बजारमा महत्वपुर्ण सेयर हिस्सा ओगटेको छ ।
कम्पनीले फरक अवसरहरुमा आफ्नो बजार विस्तार एवम् उत्पादनको प्रबद्र्धन गर्ने उद्देश्यले विभिन्न आकर्षक योजना ल्याउने गरेको कुरा सबैलाई अवगत नै छ । कम्पनीले भृकुटी मण्डपमा भएको Crazy Mela को अपार सफलता पछि अब छुटेका ग्राहाकहरुलाइ ध्यानमा राखी यसपटक आफ्नो निम्न लिखित शोरुमहरुमा ”शिखर क्रेजि सेल्स” योजना लेराएको छ । ( लिवाश इन्टरप्राइजेज–गोगंबु, बौद्ध शु सेन्टर– बौद्ध, द बानेश्वर शु सेन्टर–बानेश्वर, मनकामना शु एण्ड फेन्सी–न्युरोड, किर्तीपुर शु सेन्टर– किर्तीपुर, बनेपा शु सेन्टर– बनेपा, स्पन्दन इन्टरप्राइजेज– सामाखुशी, शिखर शु सेन्टर–खिचापोखरी, न्यु भोटाहिटि शु सेन्टर– भोटाहिटि, कोसेली हाउस– भोटाहिटि, पाटन शु सेन्टर–पाटन, शिखर शोरुम– जोरपाटी, बानेश्वर शु एण्ड ब्याग हाउस– न्यु बानेश्वर, शिखर शु हाउस(पुरानो)–विराटनगर, शिखर शु हाउस(नयाँ)–विराटनगर, शिखर शु सेन्टर–दमौली, नेपालगञ्ज शु सेन्टर– नेपालगञ्ज) शिखर व्रmेजि सेल्से, मंसीर २८ गतेबाट सिमित अवधिसम्म चल्नेछ । उक्त मेलामा हरेक शिखर जुत्ता तथा चप्पलहरु खरिद गर्दा नयाँ डिजाइनमा १० प्रतिशत र अन्य डिजाइनका जुत्ता तथा चप्पलहरुमा ५० प्रतिशत सम्मकोे भारीछुट पाइने कुरा कम्पनीका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईले बताउनु भएको छ ।
कम्पनीले हाल चप्पल, जुत्ता, सुरक्षा बुट, साधारण बुट, बच्चाका जुत्ता एवं जाडोयामको लागि न्यानो कपडाको जुत्ता लगायत करिब सात सय डिजाइनका जुत्ता तथा चप्पलहरु उत्पादन गर्दै आएको छ । यस उद्योगमा ७ सयभन्दा बढी व्यक्तिले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी पाइरहेका छन् ।ग्राहकको हितलाई ध्यानमा राखी कम्पनीले आफ्ना हरेक उत्पादनमा ६ महिनाको वारेण्टी समेत दिदै आएको छ । कम्पनीले जुत्ता तथा चप्पलहरु उत्पादनका लागि आवश्यक कच्चा पदार्थ तथा प्रविधि विभिन्न मुलुकहरु जस्तै भारत, थाइल्याण्ड, मलेसिया र चीनबाट आयातगर्दै आएको छ ।
ग्राहकहरुको लागी सस्तो र शुलभ मूल्यमा जुत्ता तथा चप्पलहरु उपलब्ध गराउने उद्देश्यले व्रmेजि सेल्स आयोजना गरीएको कुराकम्पनीले जनाएको छ।

प्रकाशित : २९ मंसिर २०७४, शुक्रबार १४:३४