अोली र प्रचण्डको भेट , के भयो सम्झाैता ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अोली र प्रचण्डको भेट , के भयो सम्झाैता ?



काठमाडाै । माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा अाेलीबीच भेटबार्ता भएकाे छ।

शुक्रबार दिउँसाे काठमाडौंमा भएकाे छलफलमा नयाँ सरकार गठन, पार्टी एकता प्रकिया, राष्ट्रिय सभाकाे गठन र समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेर छलफल भएकाे थियाे।

 

अध्यक्ष प्रचण्ड र अाेलीबीच भएकाे छलफलमा प्रतिनिधि सभा र राष्ट्रिय सभाकाे निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाे र बाम गठबन्धन परिणाममूखी भएकाे निष्कर्ष निकालिएकाे छ।

अाेली र प्रचण्डबीच भएकाे छलफलमा सरकार गठन र पार्टी एकतालाई सफलतापूर्वक सम्पन्न गर्नुपर्ने निष्कर्ष निकाल्दै पार्टी एकतालाई बलियाे बनाएर लैजाने समझदारी भएकाे छ।

 

शुक्रबारकाे छलफल अत्यन्तै सकारात्मक भएकाे र अावश्यक गृहकार्य गरेर अघि बढ्ने दुई अध्यक्षबीच समझदारी भएकाे छ।

प्रकाशित : २९ मंसिर २०७४, शुक्रबार १७:२७