३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्दै एनआईसी एशिया बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्दै एनआईसी एशिया बैंक



काठमाडौं । धितोपत्र बोर्डले एनआईसी एशिया बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न अनुमति दिएको छ । बैंकले केही समय अघि १ हजार रुपैयाँ अंकित ३० लाख कित्ता ऋणपत्र निष्कासनको लागि बोर्डमा आवेदन दिएको थियो । सोही आवदेनमाथी निर्णय गर्दै बोर्डले शुक्रबार नेपाल अनुमति प्रदान गरेको हो ।

जसअनुसार बैकले सर्वसाधारणलाई ६० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने छ भने २ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र आफ्नै पहलमा अन्य संघ संस्थालाई बिक्री गर्नेछ । बैकले यस अघि सात बर्षका लागि ऋणपत्र निकाल्ने जानकारी गराएको थियो । सो ऋणपत्रमा बैकले बार्षिक ९ प्रतिशत ब्याज दिने छ भने उक्त ब्याज ६÷६ महिनामा भुक्तानी गर्नेछ ।

प्रकाशित : १ पुष २०७४, शनिबार ०६:३२