देउवाको राजिनामा माग्दै प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटर पुगे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

देउवाको राजिनामा माग्दै प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटर पुगे



काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटर पुगेका छन् ।

राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा अड्किरहेका बेला वाम गठबन्धन आबद्ध दल एमाले र माओवादीका अध्यक्ष शनिबार बिहान बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्री र दुई पार्टीका अध्यक्षबीच राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश र प्रधानमन्त्रीको राजीनामालगायत एजेन्डामा छलफल हुने बताइएको छ ।

राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपतिकोमा थन्किँदा राजनीतिक अन्योलता देखिएको छ भने देउवा नेतृत्वको सरकारले दीर्घकालीन महत्त्वका निर्णय गरेको भन्दै वाम गठबन्धन आवद्ध दलबाट आलोचना भइरहेको छ ।

प्रधानमन्त्री र दुई पार्टीका अध्यक्षबीचको वार्ता अहिले चलिरहेको छ ।रिपोर्तेर्स नेपाल बाट

प्रकाशित : १ पुष २०७४, शनिबार ११:५१