एनएलजी इन्स्योरेन्सको नाफा १६ करोड २४ लाख रुपैयाँ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनएलजी इन्स्योरेन्सको नाफा १६ करोड २४ लाख रुपैयाँ



काठमाडौं । एनएलजी इन्स्योरेन्सले आर्थिक वर्ष २०७१/०७२ मा १६ करोड २४ लाख रुपैयाँ खुदा नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षमा १७ करोड २८ लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीको नाफा यो वर्ष एक करोड रुपैयाँले घटेको छ ।
260x175xNLG.jpg.pagespeed.ic.ltB991xtAw
गत आर्थिक वर्षमा ९९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको कम्पनीको जगेडा कोषमा १४ करोड रुपैयाँ रहेको छ । कम्पनीको चुक्ता पुँजी ३४ करोड १५ लाख रुपैयाँ छ । सेयर बजारमा कम्पनीको डिम्याट कारोबार साउन २४ गतेबाट सुरु भइसकेको छ । विभिन्न बैंकमा निक्षेप तथा सरकारी ऋणपत्रमा गरी एक अर्ब ५५ करोड रुपैयाँ लगानी रहेको छ ।

विनाशकारी भूकम्पका कारण परेको दावी भुक्तानी र भुक्तानी हुन नसकेको दावीको रकम प्रोजिन गर्दा कम्पनीको नाफा घटेको एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले जानकारी दिए । भूकम्पपछि मात्रै एनएलजीमा ६८ करोड रुपैयाँ बराबरको १२ सय ३३ वटा दावी परेका र ती मध्ये पाँचसय २६ दावी बराबरको १४ करोड रुपैयाँ भुक्तानी गरेको शाहले बताए ।

‘हामीले परेका दावी मध्ये ४२ प्रतिशत भुक्तानी गरिसकेका छौं,’ शाहले भने, ‘साना दावी भुक्तानी भइसकेको छ र ठुला दावीमा पनि अग्रिम भुक्तानी दिँदै आएका छौं ।’ शाहले भूकम्पपछि परेको दावीको ५० प्रतिशत मात्रै सर्भेयर रिपोर्ट आएकाले भुक्तानीमा ढिलाई भएको बताए ।

बीमक संघका अध्यक्षसमेत रहेका शाहले भूकम्पपछि बीमा कम्पनीको अग्नी बीमा बजार २० प्रतिशतसम्मले बढ्न सक्ने प्रक्षेपण गरे । उनले बीमा कम्पनीहरु आफ्नो दायित्वप्रति जिम्मेवार रहेको भन्दै आफ्नै कोष र पुनर्बीमा कम्पनीबाट पैसा ल्याएर सकेसम्म छिटो भुक्तानी गर्ने पनि बताए ।

‘वैशाख १२ गतेको भूकम्पको दावी तिर्न हामीले वैशाख २७ गतेबाट नै थालेका हौं,’ शाहले भने, ‘कसरी हुन्छ छिटो सेवा दिन हामी लागिरहेका छौं ।’ उनले अन्डर इन्स्योरेन्सका कारण ग्राहकहरुमा केही अन्यौल रहेको भन्दै त्यस विषयमा बैंक र बीमा कम्पनी दुवै मिलेर काम गर्नुपर्ने बताए ।

एनएलजी इन्स्योरेन्सले २९ शाखाबाट बीमा सेवा पुर्‍याउँदै आएको छ । ग्रामीण क्षेत्रमा बीमा सेवा विस्तार गरिरहेको कम्पनीले कृषि तथा पशुबीमालाई प्राथमिकतामा राखेको शाहले बताए ।

एनएलजीले विश्वका विभिन्न ६ पुनर्बीमा कम्पनीमा पुनर्बीमा गराउँदै आएको छ ।

प्रकाशित : २ भाद्र २०७२, बुधबार १५:५९