७ बर्षकै नयाँ उचाईमा नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

७ बर्षकै नयाँ उचाईमा नेप्से



काठमाडौं । नेप्से परिसूचकले बिगतको उच्चबिन्दु १ हजार १ सय ७५ अंकलाई पार गर्दै करिब ७ बर्षकै नयाँ उचाईमा पुगेको छ । पछिल्लो पटक २०६५ साल भाद्र १५ गते नेप्से १ हजार १ सय ७५ बिन्दुमा पुगको थियो । त्यसपछि लगातार रुपमा बजार घट्दै २०६८ साल चैत्र १६ गते २ सय ९२ अंक सम्म पनि आइपुगेको थियो ।  बुधबार नेप्से परिसूचकले ३१ दशमलब ९९ अंकको वृद्धिसँगै सात वषयताकै उच्च बिन्दु पुगी १ हजार १ सय ९१ दशमलब ९२ बिन्दुमा कारोबार बन्द भएको छ ।napsa

‘क’ वर्गका कम्पनीहरुको मापन गर्ने सेन्सेटिभ इन्डेस्क ७ दशमलब १७ अंक अर्थात् २ दशमलब ८४ प्रतिसतको वृद्धिभई २ सय ५९ दसमलब ९५ अंकमा कारोबार बन्द भएको छ । बजार खुलेको  केहि समय सुस्त देखिएको बजार बिस्तारै उकालो लागेको थियो ।

आज १ सय ३९ कम्पनीहरुको ४ हजार ४ सय ९७ कारोबारबाट १२ लाख २३ हजार १६ कित्ता शेयर खरिद बिक्री भएको छ जसबाट ६६ करोड ७७ लाख ९ हजार १ सय ६७ रुपैयाँ बराबरको कारोबार भएको छ । उप परिसूचकमा सबै समूह हरु बढेका छन् ।

नेपाल इन्भेस्टमेन्ट बैंकको सबैभन्दा बढी ९ दशमलब ९९ प्रतिसतले शेयर बढेको छ भने एनएमबि सुलव इन्भेस्टमेन्ट फन्ड १ को शेयर मूल्य सबै भन्दा ६ दशमलब ७६ प्रतिसतले बजार घटेको छ ।

केहि समय अगाडी राष्ट्र बैंकको मौद्रिक नीतिपछि तिब्र गतिले बढ्न सुरु भएको नेप्से, पछिल्लो दिनमा नेपाली राजनीतिमा देखिएको सकारात्मक वातावरणको कारण संबिधान आउने सम्भावना बढेसंगै लगानीकर्ताको मनोबल निकै बढेको देखिन्छ जसको असर बजारमा देखिएको छ । बित्तिय क्षेत्रहरुको लगानीका दयारा खुम्चिएको साथै उच्च तरलताका कारण लगानीकर्ताले सजिलै लोनपाई रहेका छन्, साथै साउन मसान्त पश्चात धमाधम प्रकासित चौथो त्रैमासमा राम्रो मुनाफा कमाएको प्रतिबेदनले पनि बजार बढ्नमा मद्दत मिलेको देखिन्छ ।

प्राय:साउन भाद्र महिना बजार बढ्ने मौसम पनि मानिन्छ । यिनै विविध कारणले गर्दा अहिले बजारले नँया उचाई बनाईरहेको छ । साथै सिडीएससीले नेप्सेमा सुचिकृत कम्पनिहरुलाई अनिवार्य रुपमा डिम्याट गर्नुपर्ने निर्णयले पनि बजारमा बढेको देखिन्छ, अरुको नाममा किनेको शेयर बढी मयाचिङ गरेको  र  डिम्याटको लागि नामसारीमा थुप्रै शेयर गएकोले पनि केहि मात्रामा शेयरको अभाव भएसँगै बजार बढ्नमा मद्दत गरेको बताईएको छ ।

प्रकाशित : २ भाद्र २०७२, बुधबार १६:०६