यी हुन् दैनिक जिवनमा उपयोगी स्मार्टफोन एपहरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

यी हुन् दैनिक जिवनमा उपयोगी स्मार्टफोन एपहरु



स्मार्टफोन प्रयोगको सबैभन्दा उत्कृष्ट पक्ष त्यसमा आफू अनुकूल प्रयोग गर्न सकिने एपहरु हुन । परम्परागत फोनहरुमा विल्ट इन एप प्रयोग गर्नुपर्ने बाध्यता रहँदै आएको थियो जुन स्मार्टफोनको आगमनसँगै त्यो बाध्यताबाट प्रयोगकर्ताहरुले छुटकारा पाएका छन । प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसारको एप्सहरु स्मार्टफोनमा प्रयोग गर्न सक्छन र जुनसुकै बेला त्यसलाई हटाउन सक्छन । त्यसतै प्रयोगकर्ताको दैनिक जिबनमा प्रयोग हुने सहयोगी एप हो टु–डु एप । हामीले केही चर्चित एवम उपयोगी टु डू एपको बारेमा जानकारीमूलक सामाग्री प्रस्तुत गर्दैछौं ।

एनी डट डू
एनी डट डू एक लोकप्रिय टू डू लिस्ट एप हो । कुनै टाक्स, सब–टास्क वा नोटहरु एड गर्न र त्यसबारे तपाइलाई जानकारी दिने काम गर्दछ । यसका अलावा यसमा क्लाउड सिङ्कीङ्ग समेत गर्न सकिन्द्ध जसको मद्दतले आफ्नो टास्कका बारेमा विभिन्न डिभाइसहरु जस्तै डेक्सटप, ल्यापटप, ट्यावलेट र इन्टरनेट मार्फत एक्सीस गर्न सकिनेछ ।

यसको इन्टर्फस आकर्षक हुनुका साथै यसमा विल्ट–इन कल क्यालेन्डर सपोर्टको फिचर समेत समावेश गरिएको छ । यस एप प्रयोग गर्नाले प्रयोगकर्ताले टु डू एपको साथसाथै कल क्यालेण्डरको दोहोरो फाइदा उठाउन सक्नेछन । सरल एवम शक्तिशाली मानिएको यस एप निशुल्क समेत रहेको छ । टू डू लिस्ट एप मध्येको एक उत्कृष्ट एप एनी डट डू गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सकिन्छ ।


गुगल किप
गुगल किप प्रमुखत एक नोट किपिङ्ग एप हो । यसका अलावा यसमा रिमाइन्डर फिचर समेत समावेश गरिएको छ जुन तपाइको आफ्नो लोकेशन मा आधारित भएर चल्छ । साथसाथै यस एपमा तपाइले गर्नुपर्ने कुनै कामको लिस्ट एउट निश्चित समय सिमा राखेर समेत राख्न सक्नु हुनेछ जसका कारण त्यस अवधिमा यसले तपाइलाई आवाज दिएर सम्झाउने गर्दछ ।

यसमा समय समयमा विभिन्न नयाँ फिचरका साथ अपडेट हुने यो एपले उत्कृष्ट एन्ड्रोएड वेयर सपोर्ट समेत प्रदान गर्ने गर्दछ । यो एप विभिन्न स्मार्टफोनहरुमा विल्ट इन एपको रुपमा समावेश गरिनाले कुनै थर्ड पार्टी एप र अन्य एप इन्सटल गरेर स्पेस खर्चनु पर्ने छैन । यसका अन्य एपहरुको तुलनामा यो एप निशुल्क समेत रहेको छ । यो एपलाई गुगल आँफैले विकास गरेको हो ।

जि टास्क
जि टास्क एक लोकप्रिय एवम एक्दमै मनपराइएको टू डू लिस्ट एप हो जसको फ्रि र पेड गरि दुइ संस्करण रहेको छ । फ्रि संस्करणमा समेत उत्कृष्ट फिचरहरु जस्तै विजेट, भ्वाइसको प्रयोग गरेर क्विक एडिङ्ग हुनुका साथै गुगल टास्कसँग सिङ्क्रोनिाइज समेत गर्न सकिनेछ ।

यसका साथै यसको प्रो संस्करणमा ब्याच टास्क एड, प्याटर्न लक र थेम समेत परिवर्तन गर्न सकिनेछ । यसका साथसाथै तपाइले आँफूले चाहेको खण्डमा गुगल नाउमा टाक्सहरु समेत थप्न सक्नुहुनेछ । सरल र प्रभावकारी एपहरुको खोजिमा यदी तपाई हुनुहुन्छ भने जि टास्क एक उत्कृष्ट रोजाइ बन्न सक्छ ।

टिक टिक
टुडू लिस्ट एपको भिडमा टिकटिक पनि अर्को एउटा सरल,सहज एवम उत्कृष्ट टू डू लिस्ट एपको रुपमा आँफूलाई उभ्याएको छ । यस एपमा टू डू लिस्टको आधारबुत फिचर हुनुका साथै क्लाउट सिङ्कको पनि फिचर रहेकको छ जसले गर्दा आफ्नो टास्कको वारे जानकारी अन्य विभिन्न डिभाइसहरु प्रयोग गरेर समेत गर्न सकिन्छ ।

यसमा समाबेश गरिएको ट्याग सिस्टमले आफ्ना आवश्यक, न्यून आवश्यक र अत्यावश्यक टास्कलाई प्राथमिकताका आधारमा छुट्याउन सकिनेछ । साथसाथै यो एपको आफ्नै विजेट प्रयोग गरेर थप सहज र सरल रुपमा एप प्रयोग गर्न सकिनेछ । यस एपको प्रो संस्करण थप परिष्कृत र अत्याधुनिक रहेको छ ।

यसको प्रो भर्जनमा टास्क म्यानेजमेन्ट, कोलाब्रेसन सपोर्ट र अन्य फिचरहरुको परिष्कृत रुप समावेश गरिएको छ । प्रो भर्जनलाई सब्सक्राइब गरेर प्रयोगकर्ताले थप फिचरको मज्जा लिन सक्नेछन । यस एप प्ले स्टोरमा निशुल्क डाउनलोड गर्न सकिनेछ ।

टु डु लिस्ट
टु डु लिस्ट एप अर्को उत्कृष्ट एप हो । यस एपका विकासकर्ताले यो एपको नामाकरणमा खासै धेरै मेहेनत नगरेतापनि यो एप असाध्यै राम्रो रहेको छ । यसमा सबै आधारभूत टू डू फिचर र आफ्नो लिस्टमा रहेको कार्य गर्नकालागि सम्झाउनका खातिर रिमाइन्डर समेत समाबेस गरिएको छ ।

यसको इन्टरफेस उन्डरलीस्टसँग मिल्जो जुल्दो रहेपनि यो खासै नराम्रो भने होइन । चलाउन एक्दमै सहज रहेको यो एपमा विभिन्न फिचरहरु समावेश गरिएका छन जसमध्ये भ्वाइस कमाण्डबाट टास्क थप्नु , विजेट र अन्य फिचर समावेश गरिएको छ । यो एप प्ले स्टोरमा सित्तैमा डाउनलोड गर्न सकिनेछ भने यसको फूल भर्जनमा अपग्रेड गर्दा २.९९ डलर थप तिर्नु पर्नेछ ।

उन्डरलिस्ट
टु डू लिस्ट एपको क्षेत्रमा सबैभन्दा चर्चित रहेको एप हो उन्डरलिस्ट । यो एप माइक्रोसफ्टले २०१३ मा खरिद गरेको हो । यसमा अन्य एपहरुमा रहेका फिचरहरु हुनुका साथै क्रस प्लाटफर्म सपोर्ट, एट्याचमेन्ट अप्सन कोलाबोरेसन फिचर र फोल्डर फिचर समावेश गरिएको छ ।

यी फिचरहरुको साहयताले आफ्नो टू डू लिस्ट ब्यवस्थापन गर्नमा विषेश भूमिका खेल्ने गर्दछ । यसका अलावा यसमा मेटेरियल डिजाइनको प्रयोग गरिएको छ जसलाई एक्दमै रुचाइएको हो । यो एप चलाउनलाई सरल, सहज हुनुका साथै यस एप अन्य एपको तुलनामा शक्तिशाली समेत रहेको छ ।

टास्क – एस्ट्रिड टु डू लिस्ट क्लोन
टास्क एप एस्ट्रिड टु डू लिस्ट क्लोन एप हो । एस्ट्रिड एक टाक्स म्यानेजर एप हो जसलाई याहुले २०१३ मा बन्द गरेको थियो । यो एक ओपन सोर्स एप्लिकेसन हो जुन चलाउन एक्दमै सरल रहनुका साथै यसमा फम्र्याट रिड गर्न सहज हुनुका साथै यसमा मेटेरियल डिजाइनको प्रयोग गरिएको छ ।

टास्क एपले एस्ट्रिडको एक राम्रो विकल्पको रुपमा आँफूलाई अघि सार्न सफल भएको हो । यो एपलाई प्ले स्टोरबाट सित्तैमा डाउनलोड गर्न सकिनेछ भने यसलाई सस्क्राइब गरे पश्चात अन्य उत्कृष्ट फिचरहरु अनलक हुनेछन । साभार श्राेतः लिभिङ विथ अाइसिटी

प्रकाशित : २ पुष २०७४, आईतवार ०६:४३