सबैभन्दा धेर मत ल्याउनेमा एमाले , कम हाम्रो पार्टी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सबैभन्दा धेर मत ल्याउनेमा एमाले , कम हाम्रो पार्टी



काठमाडौं । निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाका अनुसार समानुपातिक तर्फ प्राप्त नेकपा एमालेले सबैभन्दा धेर मत पाएको छ भने सबैभन्दा कम हाम्रो पार्टीले प्राप्त गरेको छ ।

हालसम्मको मतगणना अनुसार एमालले ३१ लाख ६१ हजार २९५ पाएको छ भने हाम्रो पार्टीले हालसम्म ४२६ मत पाएको छ । नेपाली काँग्रेस ३१ लाख ११ हजार ६४३, नेकपा (माओवादी केन्द्र) १२ लाख ९५ हजार ९०३, राष्ट्रिय जनता पार्टी नेपाल चार लाख ७० हजार ४८६ र संघीय समाजवादी फोरमले नेपाल चार लाख ६९ हजार ४६१ मत प्राप्त गर्न सफल भएको छ ।

विवेकशील साझा पार्टीले दुई लाख १२ हजार २९३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ९६ हजार १९० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार सर्लाहीको एक निर्वाचन क्षेत्रको मतगणना जारी रहेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभामा ४९ राजनीतिक दलले भाग लिएकामा सबैभन्दा कम मत हाम्रो पार्टीले हालसम्म ४२६ मत प्राप्त गरेको छ ।

प्रकाशित : २ पुष २०७४, आईतवार १२:४९