पैसा छ ? यी दुई कम्पनीको अाउदैछ हकप्रद « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

पैसा छ ? यी दुई कम्पनीको अाउदैछ हकप्रद



काठमाडाै । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले पुस १६ गतेदेखि र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पुस १७ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने भएका हुन् ।

प्रुडेन्सियलले ३० प्रतिशत अर्थात १० बराबर तीनको अनुपातमा हकप्रद सेयर निष्काशन गर्दैछ । माघ २१ गतेसम्म निष्काशन गरिने सेयरमा मंसिर १४ गतेसम्म कायम भएका सेयरधनीले आवेदन दिन पाउनेछन् ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा आस्वा सदस्यमा सहभागि रहेका सम्पुर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन गर्न सकिनेछ । साथै सेयरधनीले विक्री प्रबन्धकको कार्यालय बबरमहल, र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका केन्द्रीय तथा सम्पूर्ण शाखा कार्यालयबाट पनि हकप्रदमा आवेदन दिन पाइनेछ ।

 

प्रुडेन्यिसल इन्स्योरेन्सले एक सय रूपैयाँ अंकित दरमा १२ करोड ८३ लाख रुपैयाँ बराबरको १२ लाख ८३ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी ४२ करोड ७६ लाख ८० हजार रुपैयाँ रहेको छ । ३० प्रतिशत हकप्रद निष्कासन पश्चात कम्पनीको चुक्ता पुँजी ५५ करोड ५९ लाख ८४ हजार रुपैयाँ पुग्नेछ ।

यता, सांग्रिलाले ८० प्रतिशत अर्थात १० बराबर आठको अनुपातमा हकप्रद सेयर निष्काशन गर्दैछ । सेयर निष्काशन माघ २१ गतेसम्म खुला रहने बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ ।

कमलादीस्थित प्रभु क्यापिटल, सांग्रिला डेभलपमेन्ट बैंकको शाखा कार्यालयहरु, प्रभु बैंकको बनेपा, विराटनगर, बिरगंज, जनकपुर र दमक शाखा लगायत आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट हकप्रद सेयर खरिदका लागि आवेदन दिन सकिनेछ ।

हाल सांग्रिला डेभलपमेन्ट बैंकको चुक्तापुँजी एक अर्ब ३५ करोड ८४ लाख रुपैयाँ रहेको छ । उक्त पुँजीको ८० प्रतिशतले हुने एक अर्ब आठ करोड ६७ लाख ७९ हजार आठ सय ५० रुपैयाँ बराबरको हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी दुई अर्ब ४४ करोड ५२ लाख रुपैयाँ पुग्नेछ ।

प्रकाशित : २ पुष २०७४, आईतवार १४:२४