ओरालो लाग्यो शेयर बजार, पर्ख र हेरमा लगानीकर्ता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ओरालो लाग्यो शेयर बजार, पर्ख र हेरमा लगानीकर्ता



काठमाडौं । आइतबार शेयर बजार ओरालो लागेको छ । शेयर बजार खुलेको समय देखी नै आइतबार नेप्से घट्ने क्रममा रहेको थियो ।

आइतबार शेयर बजार ११.०१ अंकले घटेर १५०९.११ विन्दुमा पुगेको छ । आज शेयर बजार समग्रमा ०.७२ अंकले घटेको हो । आइतबार शेयर बजारमा १५८ कम्पनीहरुको ११ लाख ६ हजार ३९ कित्ता शेयरको किनबेचबाट ५२ करोड १२ लाख १२ हजार १९५ रुपैयाँ कारोबार भएको छ ।

शेयर बजारमा आज होटल, उत्पादन र अन्य समुहको परिसुचक सकारात्मक भए भने बाँकी रहेका परिसुचकहरु नकारात्मक भएका छन् । नेप्से परिसुचकसंगै आइतबार १० वटै समुहगत परिसुचकहरुको कारोबार भएको छ ।

प्रकाशित : २ पुष २०७४, आईतवार १५:५७