बामपन्थी अाउदा सेयरबजार बढ्दैन, पूँजी पलायन हुन्छ, विदेशी लगानी आउदैन भन्नु स्वार्थी समूहले फैलाएको हल्ला होः अोली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बामपन्थी अाउदा सेयरबजार बढ्दैन, पूँजी पलायन हुन्छ, विदेशी लगानी आउदैन भन्नु स्वार्थी समूहले फैलाएको हल्ला होः अोली



काठमाडाै । नेकपा एमालेका अध्यक्ष के.पी शर्मा ओलीले बामगठबन्धनको सरकार आउँदा मुलुकबाट पूँजी पलायन  हुन्छ भन्ने अारोप निराधार भएको बताएका छन  । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आइतबार संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता ओलीले अब बन्ने सरकारले तीन महिनामै आर्थिक विकासको संकेत देखिनेगरी काम गर्ने दाबी समेत गरेका छन् ।

वामगठबन्धनको सेयरबजार बढ्दैन, पूँजी पलायन हुन्छ, विदेशी लगानी आउदैन भन्नु स्वार्थी समूह भएको आरोप लगाए ।

हामी हाम्रा घोषणा पत्रमा उल्लेख गरेका आर्थिक नीतिका आधारमा अगाडि बढ्छौ । तीन महिना भित्र आर्थिक विकासका संकेत देखिनेगरी काम गर्छौ । नेता ओलीले भने, सेयरबजार बढ्दैन, पूँजी पलायन हुन्छ, विदेशी लगानी आउदैन भन्नु स्वार्थी समूहले फैलाएको हल्ला हो । यो भ्रममा पर्न पर्देन देशमा लगानीको वातारण निमार्णमा हामी प्रतिबद्ध छौ ।

प्रकाशित : २ पुष २०७४, आईतवार १७:२९