चीनबाट इन्धन आयात प्रक्रियामा सरकारी निकाय नै बाधक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

चीनबाट इन्धन आयात प्रक्रियामा सरकारी निकाय नै बाधक



काठमाडौं । चीनबाट इन्धन आयात प्रक्रियामा सरकारी निकाय नै बाधक देखिएको छ ।

आपूर्ति मन्त्रालयले चीनबाट इन्धन आयात गर्ने जिम्मा नेशनल ट्रेडिङलाई दिए पनि अर्थ मन्त्रालयले यसमा सैद्धान्तिक सहमति नजनाउँदा अन्योल देखिएको छ ।

यसरी अर्थबाट सहमतिका लागि कुनै प्रक्रिया अघि नबढ्दा ढिलाई भएको आपूर्ति मन्त्रालयले बताएको छ ।

पछिल्लो समय चीनबाट इन्धन आयात गर्ने जिम्मा नेशनल टेड्रिङलाई दिने चर्चा भए पनि अर्थ मन्त्रालयले यसलाई गम्भीरताका साथ नहेरेको आरोप आपूर्ति मन्त्रालयको छ ।आर्थिक अभियानमा समाचार छ ।

प्रकाशित : ३ पुष २०७४, सोमबार ०६:१८