हान नेतृत्वलाई अोलीको अाश्वासन हरेक प्रदेशलाई पर्यटन मैत्री बनाइन्छ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

हान नेतृत्वलाई अोलीको अाश्वासन हरेक प्रदेशलाई पर्यटन मैत्री बनाइन्छ



काठमाडौं । बाम गठबन्दनको नेतृत्व गरेर निर्वाचन पछि पहिलो पाटी बनेको नेकपा एमालेका अध्यक्ष केपी अोलीलाई दैनिक जसो व्यवसायी समुहले बधाइ दिने होडबाजी नै चलेको छ । यसै सन्दर्भमा सोमबार होटल संघ नेपाल (हान) का अध्यक्ष अमरमान शाक्यको नेतृत्वमा गएको होटल व्यवसायीहरुको टोलीले पूर्व प्रधानमन्त्री एवं अध्यक्ष नेकपा एमाले केपी शर्मा ओलीलाई भेटी बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

सो अवसरमा होटल संघ नेपालका अध्यक्ष शाक्यले अव बन्ने सरकारले नेपालमा दिगो राजनीतिक स्थायीत्व र आर्थिक तथा सामाजिक विकासले मुर्त रुप लिने अपेक्षा व्यक्त गरे । उनले नेपालको पर्यटन लगायत समग्र आर्थिक क्षेत्र तथा सामाजिक विकासका लागि संघले सधै सदैव सहयोग गर्ने प्रतिबद्धता पनि जाहेर गरे ।

त्यस्तै पूर्व अध्यक्ष योगेन्द्र शाक्यले होटल व्यवसायलाई शान्तिपूर्ण रुपमा संचालन गर्न सकेमा पर्यटन मार्फत नेपालमा आर्थिक परिवर्तन संभव भएकाले नेपालमा व्यवसायीक वातावरण निर्माण गरि सबै प्रदेशहरुमा लगानी र पर्यटकीय गतिविधिहरु संचालन गर्ने वातावरण निर्माणका लागि आग्रह गरे ।

भेटका क्रममा पूर्व प्रधानमन्त्री ओलीले अहिले पर्यटन क्षेत्र त्यसमा पनि खरबौं लगानी रहेको होटल उद्योग पर्यटनको प्रमुख आधारस्तम्भ रहेको बताए । साथै उनले देशकै आर्थिक मेरुदण्डको रुपमा रहेको यस क्षेत्रलाई नयाँ प्रादेशिक संरचनामा हरेक प्रदेशलाई पर्यटन मैत्री बनाई अगाडि बढाउने आश्वासन  समेत दिएका छन् ।

प्रकाशित : ३ पुष २०७४, सोमबार १५:४५