अायो बुढीगण्डकीमा स्वदेशी लगानीको खाका सहितको प्रतिवेदन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अायो बुढीगण्डकीमा स्वदेशी लगानीको खाका सहितको प्रतिवेदन



काठमाडाै । बुढीगण्डकी जलविद्युत आयोजनामा लगानीको खाका तय गर्नको लागि गठन गरिएको समितिले उर्जा मन्त्रालयलार्इ प्रतिवेदन बुझाएको छ।

उक्त समितिका संयोजक एवं योजना आयोगका उपाध्यक्ष डा. स्वर्णीम वाग्लेले आज उपप्रधान एवं उर्जामन्त्री कमल थापालाई प्रतिवेदन बुझाएका हुन्।

सरकारको निर्णयपछि वाम गठबन्धनका दलहरुले चुनावी नारा बनाएर आफ्नो सरकार बनेपछि पुनः गेजुवालाई नै निर्माण ठेक्का दिने सार्वजनिक घोषणा गरेपछि देउवा सरकारले बुढीगण्डकी आयोजना स्वदेशी लगानी मै निर्माण गर्ने र लगानीको खाका अध्ययन गर्न वाग्लेको संयोजकत्वमा अध्ययन समिति बनाएको थियो ।

आयोजना निर्माण कार्तिक २७ गते बुढीगण्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनी गेजुवा समूहलाई निर्माण जिम्मा दिने तत्कालिन पुष्पकमल दाहाल सरकारको निर्णय खारेज गरेको थियो ।

तस्विर दामोदर वाग्लेको टुइटबाट

प्रकाशित : ३ पुष २०७४, सोमबार १६:०७