गुगलको स्वचालित गाडी अब सार्वजनिक सडकमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रविधी

गुगलको स्वचालित गाडी अब सार्वजनिक सडकमा



माउन्टेन भ्यु ।गुगल संस्थाको दुई यात्रु रहने तथा ‘ग्यास पेडल’ तथा ‘स्टेरिङ ह्विल’ नभएको स्वचालित गाडी यसै गृष्मदेखि सार्वजनिक बाटोमा देखिने भएको छ । गुगलले आउँदो पाँच वर्षमा उपभोक्ताका लागि चालकविहीन गाडी बजारमा ल्याउने भनी राखेको लक्ष्यमा यो ठूलो प्राविधिक पाइला भएको ठानिएको छ ।

यो गाडी स्वचालनका लागि पहिलो प्रयास भएको गुगलले जानकारी दिएको छ । हाल यसका ‘सेन्सर’ लाई पनि लुकाइएको छ र यो मानिसको सहयोग नलिइकनै आफै सञ्चालन हुनसक्छ, रोकिन सकिन्छ र यसले सडकका कठिनाइको बारेमा जानकारी प्राप्त गर्नसक्छ । गत मे महिनामा गुगलले प्रयोग गरेको गाडीमा भन्दा यसमा धेरै सुविधा रहेको बताइएको छ ।

यसलाई लामो दूरीका लागि तयार गरिएको भने छैन । यसमा ‘एयर ब्याग’ तथा सुरक्षाका लागि सङ्घीय सरकारले उल्लेख गरेका सुविधा हालसम्म राखिएको छैन । हाल यसलाई प्रति घण्टा २५ माइलभन्दा बढी गतिमा चलाउन अनुमति दिइएको छैन । यो विद्युतीय गाडी हो र यसलाई ८० माइलपछि पुनः चार्ज गर्नुपर्छ । यसलाई गुगलले हालसम्म विस्तृत नक्सा तयार गरेको क्षेत्रमा मात्र सञ्चालन गर्न सकिन्छ ।

क्यालिफोर्नियाको कानुन अनुसार यसमा ‘स्टिरिङ ह्विल’ तथा ‘ग्यास पेडल’ र चालकले चाहेमा त्यसमा नियन्त्रण कायम गर्नसक्ने व्यवस्था गर्नु आवश्यक छ । गुगलले यी कुरामा छुट पाउन आग्रह गरेको छ ।

गुगलले आरम्भमा यस्ता २५ गाडी तयार गरी माउन्टेन भ्युस्थित आफ्नो मुख्यालयको वरपर यसलाई सञ्चालन गर्न चाहेको छ । /एपी

प्रकाशित : ४ जेष्ठ २०७२, सोमबार ०३:३९