साउदीबाट पैसा पठाउँदै हुनुहुन्छ ? अब शुल्क यति लाग्छ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

साउदीबाट पैसा पठाउँदै हुनुहुन्छ ? अब शुल्क यति लाग्छ



काठमाडाै । साउदी अरबले आफ्नो देशबाट बाहिर पैसा पठाउँदा लिदै आएको शुल्क वृद्धि गरेको छ। सन २०१८ को जनवरी देखि लागू हुने गरि नेपाल लगायतका देशमा त्यहाँबाट पैसा पठाउँदा लाग्ने सेवा शुल्कमा ५ प्रतिशतले वृद्धि गरिएको जनाइएको छ।

साउदी सरकारको मुखपत्र मानिने अरबन्युज डटकमका अनुसार सन् २०१८ जनवरी १ अर्थात आउँदो पुस १७ गतेबाट लागू हुने गरी सेवा शुल्कमा वृद्धि गरिएको हो। मुल्य अभिबृद्धि कर भ्याटमा सुधार गरिएकाले साउदीबाट बाहिर पैसा पठाउँदा लाग्ने शुल्कमा ५ प्रतिशतले वृद्धि गरिएको जनाइएको छ।

भारतमा रेमिट गर्दा अहिलेसम्म लाग्दै आएको शुल्कमा ५ प्रतिशतले वृद्धि गरि प्रति रेमिट शुल्क १८ साउदी रियाल र पाकिस्तानका लागि २० रियाल कायम गरिएको छ। ‘सेवा शुल्कमा मात्र ५ प्रतिशत वृद्धि गरिएको हो, न कि रेमिट गरिने रकममा’ फवरि, रेमिट्यान्स विंग अफ बैंक अलजजिराह , रियाद का उत्पादन तथा साझेदार व्यवस्थापक अनवर अहमद वाजिद खज्जाले पुष्टि गरेका छन।

अर्थात नेपालीहरुले अहिलेसम्म नेपालमा रेमिट गर्दै आएको रकममा यो व्यवस्थाले केहि प्रभाब पार्ने छैन तर उनीहरुले बिगतमा नेपालमा पैसा पठाउँदा लाग्ने सेवा शुल्कमा ५ प्रतिशत थप तिर्नुपर्नेछ। यस अघि प्रति रेमिट २० रियाल सेवा शुल्क तिर्नेले अब ५ प्रतिशत थप गरि २१ रियाल तिर्नु पर्नेछ।

प्रकाशित : ४ पुष २०७४, मंगलवार १०:५९