तपाई फेसबुक, ट्वीटर कति चलाउनु हुन्छ ? एक पटक पढ्नुस् « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

तपाई फेसबुक, ट्वीटर कति चलाउनु हुन्छ ? एक पटक पढ्नुस्



के तपाईको सामाजिक सञ्जाल अकाउन्ट छ ?
फेसबुक, ट्वीटर, इन्स्टाग्राफ, ह्वाट्सएप… अन्य थुप्रै.. तपाई यीनलाई दिनमा कति पटक चेक गर्नुहुन्छ ? नयाँ म्यासेज, लाइक, रिप्लाई वा कमेन्ट हेर्नको लागि तपाई सामाजिक सञ्जाल अकाउन्ट कयौं पटक लग इन गर्नु हुन्छ।

कयौं पटक यस्तो हुन्छ कि तपाईलाई समय नै मिल्दैन, आफ्नो फेसबुक ट्वीटर फिड चेक गर्न भ्याउनुहुन्न। अनि तपाईलाई टेन्सन हुन्छ।

वास्तवममा तपाई एक्लो हुनुहुन्। पुरै विश्वमा निकै यस्ता व्यक्तिहरु छन् को सामाजिक सञ्जालको लतमा छन्। फेसबुक, ट्वीटर चेक नगर्दा बेचैन हुन्छन्।

मनोवैज्ञानिकहरु यसलाई एक लत, एक रोग मान्न थालेका छन्। सामाजिक सञ्जालको लतको सिकार भएका मानिसहरु अब बकाइदा यसबाट छुटकारा पाउन विशेषज्ञको सहयोग लिन थालेका छन्। बीबीसीले यसबारेमा एक लेख प्रकाशित गरेको छ।

यसलाई ‘डिजिटल डिटक्स’ नाम दिइएको छ। अर्थात डिजिटल विषबाट मुक्ति।

यसको लत छुटाउन मानिसहरु अनेक प्रयास गर्दैछन्।

अमेरिकामा त कयौँ मनोवैज्ञानिक यसको लागि डेढ सय डलर प्रतिघण्टाको फिस असुल्दै छन्। अझ लामो सेशनको लागि त पाँच सय डलरसम्मको फिस लिनेगर्छन्।

मुद्धा नै यति गम्भीर छ। आज सामाजिक सञ्जालको कारण मानिसलाई यस्तो लत लाग्दैछ, जो रक्सी वा अन्य कुनै नशा भन्दा पनि भयानक छ।

अमेरिकाको ह्युस्टन शहरका थेरापिस्ट नेथन ड्रिस्केल भन्छन्, अघिल्लो केही वर्ष देखि सामाजिक सञ्जालको लतका बिरामी तीव्र रुपले बढेका छन्। उनीसंग यसबाट छुटकार पाउन आउनेको सङ्ख्या निकै ठूलो ।

यसको सङ्ख्या वर्षेनी करिब २० प्रतिशतले बढ्दो छ। अर्थात सामाजिक सञ्जालको लत निकै तीव्ररुपले महामारी बन्ने तर्फ बढेको छ।

नेथन भन्छन् कि पहिले मानिसहरु भिडियो र कम्प्युटर गेमको लतबाट छुटकार पाउने सल्लाह माग्न आउँथे। अहिले यो सिलसिला निकै कम छ।

अहिले त डाक्टर सामाजिक मिडियाको लतलाई कुनै रोग मान्दैनन्। तर नेथन जस्ता कयौं डाक्टर छन्, जो यसलाई दिमागी रोग मानेर उपचार गर्छन्।

नेथन भन्छन् कि फेसबुक, ट्विटर र ह्वाट्सएपले हाम्रो दिमागी स्थिरतामा ठूलो खलल पैदा गर्छ। यसको उपचार सजिलो छैन। नेथन भन्छन् कि रक्सीको लत छुटाउन सजिलो छ। ड्रग्सको लत छुटाउन पनि गाह्रो छैन जति सामाजिक सञ्जालको एडिक्शन छुटाउन गाह्रो छ।

नेथक एक घण्टाको १५० डलर अर्थात करिब १५ हजार रुपैयाँ बराबर फिस लिन्छन्। अनि बिरामी उनीसंग ६ महिनासम्म उपचार गराउँछन्, तब मात्र सामाजिक सञ्जालको लत छुटाउन सक्छन्।।

रोचक कुरा त यो छ कि सधै अनलाइन रहनेको लत छुटाउन कयौंले अनलाइन सुविधा पनि सुरु गरेका छन्।

न्यूर्योकमा एक कम्पनी टकस्पेसले आफ्नो नेटवर्कबाट करिब एक हजार थेरापिस्ट जोडेको छ। यी थेरापिस्ट सामाजिक सञ्जालको लत छुटाउन मानिसहरुलाई अनलाइनबाट मद्धत गर्छन्। उनीहरले सञ्जालन गर्ने कोर्स १२ हप्ताको हुन्छ।

यो कम्पनी टेक्स्ट म्याजेसबाट मानिसहरुको मद्दत तर्छ। यसको लागि १३८ डलर प्रतिमहिना फिस असुल्छन्। अनलाइन एक्सपर्टसंग कुराकानी गर्न कम्पनी करिब ४०० डलर शुल्क लिन्छ। जो सामाजिक सञ्जालको बिरामी छ, उ आफ्नो स्मार्टफोनको मद्धतले आफ्नो उपचार गर्न सक्छ।

फोनमा नै उनीहरुलाई फोन कम प्रयोग गर्ने तरिका बताइन्छ।

कयौ यस्ता कम्पनी छन् जो मानिसहरुलाई डिजिटल जिन्दगी र वास्तविक जिन्दगीमा तालमेल गर्न सिकाउँछन्। जर्मनीमा यस्तै एक कम्पनी छ अफटाइम। यो आफ्नो ग्राहकलाई सामाजिक सञ्जालको प्रयोगमा नियन्त्रण गर्न मद्धत गर्छ। यसले डिटक्स वर्कशप पनि आयोजना गर्छ।

अर्थात सामाजिक मिडियाको लतको छुटाउने कुनै नयाँ उपाय छैन। तपाई आफैले यो लतमा नियन्त्रण गर्नपर्छ। स्मार्टफोनबाट दुरी बढाउनु पर्छ। लत बढी गम्भीर भएमा एक्पर्टको मद्धत जरुरी हुन्छ।

रोग गम्भीर हुनुअगाव नै सामाजिक सञ्जालमा कसरी नियन्त्रितरुपमा सक्रिय रहने नियम बनाउन सकिन्छ। तब सायद यो रोग त्यति गम्भीर हुन पाउँदैन, जसरी यो मडारिरहेको छ। एजेन्सी

प्रकाशित : ४ पुष २०७४, मंगलवार ११:२२