नेको इन्स्योरेन्सद्धारा अनाथ विद्यार्थीहरुको सामूहिक दुर्घटना बीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेको इन्स्योरेन्सद्धारा अनाथ विद्यार्थीहरुको सामूहिक दुर्घटना बीमा



काठमाडौं  । नेको इन्स्योरेन्स कम्पनीले ४६ जना अनाथ विद्यर्थीहरुको सामूहिक दुर्घटना बीमा गरेको छ । काठमाडौंको भिमसेनस्थानमा रहेकोको परोपकार विद्यालयमा अध्ययनरत विद्यार्थीलाई निःशुल्क बीमा गरेको कम्पनीले जनाएको छ ।

मंगलबार कम्पनीका प्रमखु कार्यकारी अधिकृत विश्वराज तिमिला र परोपकार संस्थाका हितकर सिंह कंसकारलाई बीमा लेख हस्तान्तरण गरेका थिए ।यस बीमा अन्तर्गत त्यस संस्थाका विद्यार्थीहरुको चोटपटकको औषधि उपचार र दुर्घटनाबाट भएको अंग भंग तथा मृत्युको जोखिम बहन गरिने कम्पनीले जनाएको छ ।

उच्चगुणस्तरीय बीमा सेवा पु¥याउने उद्देश्यका साथ २२ बर्षअघि सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंक, कोष ब्यवस्थापन कम्पनी लगायतले प्रवद्र्धन गरेको निर्जीवन बीमा कम्पनी हो ।

कम्पनीले सामाजिक उत्तरदायित्व अन्तरगत रहेर विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । सामाजिक उत्तरदायित्व अन्तरगत अनाथ विद्यार्थीहरुको सामूहिक दुर्घटना बीमा गरेको कम्पनीले जारि गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : ४ पुष २०७४, मंगलवार १८:४६