वीरगञ्जको सुपर ग्यास उद्योगमा भीषण आगलागी, अागो नियन्त्रण बाहिर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

वीरगञ्जको सुपर ग्यास उद्योगमा भीषण आगलागी, अागो नियन्त्रण बाहिर



काठमाडाै । वीरगञ्ज महानगरपालिकामा अवस्थित सुपर ग्यास उद्योगमा भीषण आगलागी भएको छ । वीरगञ्ज महानगरपालिका– २२ स्थित पटेलनगरमा रहेको उद्योगमा भिषण आगलागी भएको हो ।

बिहान ६ बजे पछि उद्योगमा आगलागी सुरु भएको हो । आगलागीमा परी कम्तीमा पनि ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । आगो निभाउनका लागि गएको वीरगञ्ज उपमहानगरपालिकाको दमकलसमेत जलेको छ । प्लान्टभित्र रहेका सबै ग्यासे बुलेट पनि जलेर नष्ट भएका छन्।

स्थानीयका अन्सुअर आगलागी झन-झन फैलँदै गएको छ र नियन्त्रण गर्न निकै कठिनाइ भएको छ । उद्योगमा रहेका ग्यास सिलिण्डर पड्किरहेका छन् । उद्योग वरपरको बस्ती खाली गराउने काम भइरहेको छ ।

प्रहरीका अनुसार आगलागी नियन्त्रण बाहिर छ । ग्यास सिलिण्डर पड्किरहेकाले अग्नी नियन्त्रणहरुसमेत नजिक जान सकेका छैनन् । उनीहरू अागाे लागेकाे स्थानभन्दा २-३ सय मिटर परै छन् ।

प्रकाशित : ५ पुष २०७४, बुधबार ११:१७