सामसुङले भित्रायो ‘ग्यालेक्सी ट्याब ई’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सामसुङले भित्रायो ‘ग्यालेक्सी ट्याब ई’



काठमाडौं । ट्यावलेट बजारमा नेतृत्वदायी भूमिका निर्वाह गरेको चर्चित कोरियन स्मार्टफोन निर्माता सामसुङले नयाँ मोडलको ‘ग्यालेक्सी ट्याब ई’ट्याबलेट नेपाली बजारमा भित्राएको छ । मध्यमवर्गीय नेपालीलाई लक्षित गर्दै भित्राइएको ट्याबलेट ९ दशमलव ६ इञ्चको डिस्प्ले रहेको छ ।

एन्ड्रोइड प्रविधिमा रहेको यो ट्यावलेट आकर्षक डिजाइन र पावरफुल भएको कम्पनीको दाबी छ । यो ९ दशमलव ५ मिलिमिटर मोटाई रहेको ट्याबलेटको ४९५ ग्राममात्र तौल रहेको छ । क्वार्डकोर १ दशमलव ३ गीगाहर्ज प्रोसेर, ओएस एन्ड्रोइड ४दशमलव ४ अपरेटिङ सिष्टम, १ दशमलव ५ जीबी र्याम लगायतका कारण ट्याब उच्च गतिमा चलाउन सकिने छ । स्क्रिन साइजका कारण यो ट्यावलेटमा सिनेमा हेर्न, गेम खेल्न रोमाञ्चक हुनेछ भने मल्टि विन्डो र एकै समयमा दुई वटा एप एक्सेस गर्न पनि सकिन्छ ।

यसको मूख्य क्यामेरा ५ मेगापिक्सेल रहेको छ भने सेकेन्डरी क्यामेरा २ पिक्सेल रहेको छ । क्यामेराको मूख्य विशेषताको रुपमा कन्टिन्युस र वान सट मोड रहेको छ । यसले तस्वीर खिच्न अझ सहज भएको कम्पनीको दावी छ ।

टुजी र थ्रिजी नेटवर्क रहेको ट्याब ईमा ८ जीबी स्टोरेज रहेको छ । जसलाई माइक्रो एसडी कार्डमार्फत १२८ जीबीसम्म विस्तार गर्न सकिने छ । यसमा ५००० एमएएच क्षमताको ब्याट्री राखिएको छ । जसले गर्दा लामो समयसम्म ट्याबलेट चलाउन सकिने छ ।
यो ट्याव मेटालिक व्लयाक र पर्ल ह्वाइट गरी दुई कलरमा उपलब्ध छ । नेपाली बजारमा यसको मूल्य २७ हजार ९ रुपैयाँ तोकिएको छ ।

प्रकाशित : ९ भाद्र २०७२, बुधबार १४:१९