नेप्से अोरालो लाग्ने क्रम रोकिएन, सबै भन्दा बढी गुमाउनेमा बीमा समुह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेप्से अोरालो लाग्ने क्रम रोकिएन, सबै भन्दा बढी गुमाउनेमा बीमा समुह



काठमाडौं । बुधबार नेप्से परिसुचक ९ दशमलब २९ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १४ सय ८४ दशमलब ४७ अंकमा झरेर बन्द भएको हो । बुधबार कारोबारमा आएका सबै समुहको परिसुचक ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको हो । सो दिन बीमा समुहको परिसुचक सबैभन्दा बढी ४३ दशमलब ४९ अंकले घटेको छ ।

त्यस्तै उत्पादन ३५ दशमलब ८१, जलविद्युत २६ दशमलब ६६, अन्य १० दशमलब ९८,माइक्रोफाइनान्स ७ दशमलब २६, बिकास बैंक ६ दशमलब ९ अंकले घटेको छ । त्यसैगरी बैंकिङ ६ दशमलब ६१,फाइनान्स १ दशमलब १४ र होटल समुहको परिसुचक ० दशमलब १८ अंकले घटेको हो । नेपाल टेलिकमको ४ करोड ९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

सो दिन १ सय ५५ ओटा कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको ९ लाख ८३ हजार कित्ता सेयरबाट ४२ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रकाशित : ५ पुष २०७४, बुधबार १६:१४