नेपालमा २८.५ प्रतिशत जनता बहुआयामिक रुपमा गरिब « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

नेपालमा २८.५ प्रतिशत जनता बहुआयामिक रुपमा गरिब



काठमाडौं । नेपालको पहिलो राष्ट्रिय बहुआयामिक गरिबी सूचकांक (एमपीआई) प्रतिवेदन अनुसार नेपालमा २८.५ प्रतिशत जनता बहुआयामिक रुपमा गरिब छन् । अक्सफोड विश्वविद्यालयको पोभर्टी एन्ड ह्यूमन डेभलपमेन्ट इनिसियटिभसँगको सहकार्यमा राष्ट्रिय योजना आयोगले तयार पारेको अध्ययन प्रतिवेदनले सो तथ्य देखाएको हो ।

उक्त प्रतिवेदन आज आयोजित एक कार्यक्रमका बीच योजना आयोगका उपाध्यक्ष डा.स्वर्णिम वाग्लेले सार्वजनीक गरे । प्रतिवेदन अनुसार २८.५ प्रतिशत जनता शिक्षा, स्वास्थ्य लगायतका अन्य थुप्रै अवसरहरुबाट एकैसाथ बञ्चित छन् । त्यसमा पनि प्रदेश नं २ र ६ मा बहुआयामिक गरिबीको दर सबैभन्दा उच्च छ । त्यहाँका आधा भन्दा बढि जनता बहुआयामिक रुपमा गरिब छन् । त्यस्तै प्रदेश नं ५ र ७ मा पनि यो दर ३० प्रतिशत छ भने प्रदेश नं ३ र ४ मा १५ प्रतिशत भन्दा कम छ ।

त्यसमा पनि ९ वर्षभन्दा कम उमेर समूहका बालबालिकाहरु सबैभन्दा बढि गरिब समूहमा छन् । यस समूहका ४१.६ प्रतिशत बालबालिकाहरु गरिब रहेको प्रतिवेदनमा उल्लेख छ। शिक्षा, स्वास्थ्य, मानिसको जीवनस्तर लगायतका १० वटा गुणस्तरलाई आधार बनाएर बहुआयामिक गरिबीको मापन गरिएको थियो ।

उपाध्यक्ष डा.वाग्लेले नेपालमा मौद्रिक तथा गैरमौद्रिक दृष्टिबाट गरिबी घटाउने कार्यले गति प्रभावकारी भएपनि विशेषगरि पोषण र शिक्षा क्षेत्रमा भएको रोकावट एक कठिन नीतिगत चुनौतीको रुपमा रहेको बताए ।

प्रकाशित : ५ पुष २०७४, बुधबार १६:५७