यी हुन अोली नेतृत्वमा सरकारमा जान तमतयार मन्त्रीहरु ! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

यी हुन अोली नेतृत्वमा सरकारमा जान तमतयार मन्त्रीहरु !



काठमाडौं ।निर्वाचन आयोगले परिणाम घोषणा गर्ने बित्तिकै सरकार गठनको तयारीमा रहेका एमाले र माओवादी आ–आफ्नो दलका तर्फवाट बन्ने मन्त्रीको नाम छान्ने गृहकार्यमा पनि जुटेका छन् । माओवादीले संसदमा आएका नयाँ अनुहारलाई प्राथामिकता दिने र अहिले भैरहेका मन्त्रीहरुलाई नदो¥याउने रणनीति अख्तियार गरेको छ ।

 

माओवादीका तर्फबाट उपप्रधान तथा अर्थमन्त्री बनेका कृष्णबहादुर महरा, गृहमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री महेन्द्रबहादुर शाही, सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेत, महिला बालबालिकामन्त्री आशा कोइरालालगायत अहिले पनि विना विभागीयमन्त्री छन् । एक पोलिटब्यूरो सदस्यले दिएको जानकारी अनुसार माओवादीले रोल्पाबाट प्रतिनिधिसभामा विजयी वर्षमान पुन ‘अनन्त’को नेतृत्वमा एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा पठाउने तयारी गरेको छ ।

पहिलो संविधानसभामा ललितपुरबाट निर्वाचित ‘अनन्त’ दोश्रो संविधानसभामा मोरङबाट पराजित भएका थिए । अर्थ मन्त्रालय सफल संचालनको अनुभव रहेका पुनले यसपटक पनि अर्थमै रुचि देखाएपनि सो मन्त्रालय प्रधानमन्त्रीसँग रहने संभावना बढी देखिएकाले उनलाई पार्टीले उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारीमा पठाउन लागेको हो । जनसेनाको पूर्व डेपुटी कमाण्डरसमेत रहेका पुनको सुरक्षा निकायमा अहिले पनि राम्रो प्रभाव छ । पुनसँगै माओवादीबाट देव गुरुङ, अग्नी सापकाेटा, चक्रपाणि खनाल, पम्फा भुसाल, मातृका यादव, कमला रोका, हितबहादुर तामाङ, सुरेशकुमार राईलगायतबाट मन्त्री छानिने लगभग पक्का छ ।

 

अमनलाल मोदी र विना मगरको समेत चर्चा चलेपनि उनीहरुलाई अहिले नै ‘फुल मन्त्री’ दिने संभावना भने नरहेको श्रोतको दावी छ । नेकपा एमालेले पनि मन्त्री छनोट प्रक्रिया अघि बढाएको छ । अध्यक्ष केपी ओलीले आफुलाई काम गर्न सजिलो हुनेगरी मन्त्री छनोट गर्न लागेका हुन् । एमालेबाट उपाध्यक्ष भीम रावल, उपमहासचिव विष्णु पौडेल, सचिवहरु योगेश भट्टराई र प्रदीप ज्ञवाली, रविन्द्र अधिकारी, लालबाबु पण्डित, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, पद्मा अर्याल, रामवीर मानन्धर, महेश बस्नेत, पवित्रा खरेल, शेरबहादुर तामाङलगायत चर्चामा छन् । नयाँ संविधानमा संघीय सरकारमा मन्त्रीको संख्या बढीमा २५ जनाको हुने उल्लेख छ । राज्यमन्त्री र सहायकमन्त्रीसमेत त्यही २५ जनाभित्र अटाउनुपर्नेछ । गठबन्धनमा रहेका दल एमाले र माओवादी केन्द्र मिलेर सरकार बनाउने तयारी चलिरहेको छ ।समाचार दैनिकबाट साभार

प्रकाशित : ५ पुष २०७४, बुधबार १७:५१