कैलालीको घटनामा संलग्न शंकास्पद १० जना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कैलालीको घटनामा संलग्न शंकास्पद १० जना



काठमाडौं । कैलालीको घटनामा संलग्न शंकास्पद १० जनालाई प्रहरीले पक्राउन गरेको छ । टीकापुरमा सोमबार प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने सहित ७ जना प्रहरी कर्मचारी मारिएको घटनामा संलग्न भएको हुनसक्ने भन्दै उनीहरुलाई पक्राउ गरिएको हो ।

logo

पक्राउ पर्नेमा जोशीपुर–४ का ३५ बर्षीय सुन्दरलाल चौधरी, ५५ बर्षीय खड्कबहादुर चौधरी, मधेसी जनअधिकार लोकतान्त्रिक फोरमको क्षेत्रीय अध्यक्ष ४४ बर्षीय रामप्रसाद चौधरी, दरख–६ नारायणपुरका १७ बर्षीय रामजनम चौधरी छन् ।

त्यस्तै भजनी–५ बस्ने ४१ बर्षीय प्रेमबहादुर चौधरी, मनुवा–१ बस्ने २० बर्षीय रामकुमार खठरीया, २७ बर्षीय सन्दरलाल कठरिया, २० बर्षीय दिलबहादुर चौधरी, २४ बर्षीय राजकुमार कठरिया र मनुवा–४ बस्ने २२ बर्षीय हरिनारायण चौधरी रहेका छन् ।

रामप्रसाद चौधरी फोरम लोकतान्त्रिकका कैलाली निर्वाचन क्षेत्र नं १ का अध्यक्ष हुन् ।

 

प्रकाशित : ९ भाद्र २०७२, बुधबार १४:२३