पूर्व डीआइजी नवराज सिलवालको कीर्ते मुद्दाको अनुसन्धान सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

पूर्व डीआइजी नवराज सिलवालको कीर्ते मुद्दाको अनुसन्धान सुरु



काठमाडौं । पूर्व डीआइजी नवराज सिलवालको कीर्ते मुद्दाको अनुसन्धान सुरु भएको छ । अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी रविन्द्र धानुकले जाहेरी दर्तासँगै अनुसन्धान सुरु भएको जानकारी गराएका छन् ।

ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सिलवाल आफूलाई आईजीपी बनाउन माग गर्दै सर्वोच्च अदालतमा मुद्वा दायर गरेका थिए । सर्वोच्चले भने सिलवालले बुझाएको कागजात र लोकसेवाबाट प्राप्त भएको कार्यसम्पादन मूल्यांकन फरक परेको भन्दै छानविन गर्न निर्देशन दिएको छ ।

प्रकाशित : ५ पुष २०७४, बुधबार १८:११