सीडिएस एण्ड क्लियरिङको तेस्रो र चौथो साधारणसभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सीडिएस एण्ड क्लियरिङको तेस्रो र चौथो साधारणसभा



काठमाडौं । सीडिएस एण्ड क्लियरिङ लिमिटेडले आफ्नो तेस्रो र चौथो वाषिक साधारणसभा एकैसाथ सम्पन्न गरेको छ । आज राजधानीमा एक कार्यक्रमबीच सम्पन्न सभाले आर्थिक वर्ष २०६९/७० र २०७०/७१ मा कम्पनी नोक्सानीका गएकाले लाभांश वितरण गर्न नसक्ने बताएको छ ।

सीडिएस एण्ड क्लियरिङ लिमिटेडका सञ्चालक समितिका अध्यक्ष सीताराम थपलियाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सीडिएसले लगानीकर्तालाई विश्वसनीय, सुरक्षित तथा भरपर्दो सेवा प्रदान गर्ने सन्दर्भमा आव २०६९/७० र २०७०/७१ को कारोबारलाई हेर्दा सन्तोषजनक रहेपनि कम्मनीको प्रर्ण सञ्चालन गर्न नसकेका कारण मुनाफा आर्जन गर्न नसकेकोमा क्षमायाचना समेत मागेका थिए । उनले आगामी दिनमा त्यसलाई सुधारेर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
त्यस्तै सीडिएसले २०६९ को विनियम ३ बमोजिम  धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौट गराउने धितोपत्र व्यवसायीले सदस्यता दिनुपर्ने प्रावधान अनुसार हाल त्यसको सदस्य संख्या समेत ५० पुगेको बताएको छ । त्यस्तै अभौतिकीकरण गरिएका धितोपत्रको संख्या समेत अघिल्ला वर्षको तुलनामा झण्डै ७ दशमलव ७८ प्रतिशतले वृद्धि भई हालका दिनसम्म ४ करोड ८५ लाख ९३ हजार २२० पुगेको बताइएको छ ।

पछिल्लो समयमा सेयर कारोबारमा धितोपत्र अभौतिकीकरणमा अनिवार्यता लागु गरेको  सीडिएसले चालु आर्थिक वर्ष २०७२ ७३ मा धितोपत्र अभौतिकीकरण गर्ने कम्पनीको संख्या ११० पुगेको जनाएको छ । कम्पनीले २०६९/७० मा १२ ओटा कम्पनीले अभाीतकीकरण गरेको जानकारी दिंदै त्यसपछि २०७०/७१ मा ४ ओटा र ०७१/७२ मा ९४ ओटा कम्पनीले शेयर अभौतिकरण गराएको जनाएको छ ।

प्रकाशित : ९ भाद्र २०७२, बुधबार १४:२५