आर्थिक पत्रकारलार्इ चुनावी चटारो,कस्ले मार्ला बाजी ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आर्थिक पत्रकारलार्इ चुनावी चटारो,कस्ले मार्ला बाजी ?



काठमाडौं । विभिन्न सञ्चार माध्यममा अार्थिक वियषमा कलम चलाउने पत्रकारहरूको संस्था नेपाल अार्थिक पत्रकार समाज (सेजन) मा चुनावी चटारोले तिब्रता पाएको छ ।  विज्ञान अधिकारी नेतृत्वको वर्तमान कार्यसमितिको दुर्इ वर्षे कार्यकाल सकिएकाले आगामी कार्यकालका लागि यहि भदौ ११ को साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने छ । आगामी कार्यकालका लागि अध्यक्षका प्रत्यासीमा हालसम्म कान्तिपुर दैनिकका गोकर्ण अवस्थी, नागरिक दैनिकका कुबेर चालिसे र कारोबार दैनिकका लोकबहादुर चापागाई छन् ।

अध्यक्षका प्रत्यासी तीनमध्ये  अवस्थी र चालिसे पूर्वउपाध्यक्ष हुन् भने चापागार्इ विद्यमान कार्यसमितिका उपाध्यक्ष हुन् । अध्यक्षमा त्रिपक्षीय कडा प्रतिस्पर्धा हुने विश्लेषण गरिएको छ । उपाध्यक्षमा दी हिमालयन टाइम्सका पुष्पराज आचार्य, राष्ट्रिय समाचार समितिका शरदचन्द्र भण्डारी, इमेज टेलिभिजनका रमेश ढकाल र नेपाल टेलिभिजनका बद्री गौतमले उम्मेद्वारी घोषणा गरी प्रचार प्रसारलाई तीब्र बनाएका छन् ।

महासचिव पदका लागि कान्तिपुर टिभीका दिवाकर पन्त, बिजमाण्डूका सुदर्शन सापकोटा, दि राइजिङ नेपालका मोदनाथ ढकाल र एभिन्यूज टेलिभिजनका अच्युत पौडेलले उम्मेद्वारी घोषणा गरेका छन् । सचिव पदमा भने सबैभन्दा धेरै उम्मेद्धार देखिएका छन् । अन्नपूर्ण पोष्टका आशिष ज्ञावाली, कारोबारका भुवन पौडेल, बिजखबरका रामराजा श्रेष्ठ, नेपालीपत्रका उद्धब थापा, चाणक्य मासिकका अनुजराज ढुंगेल र गोरखापत्र दैनिकका सीताराम बिलासीले उम्मेद्वारीको घोषणा गरेका छन् ।

कोषाध्यक्ष पदका लागि तीन जना प्रत्यासी देखिएका छन् । अनलाइनखबर डटकमका पुष्प दुलाल, कारोबारकी राधिका ढकाल र राजधानी दैनिकका भीम गौतमले उम्मेद्धारी घोषणा गरी चुनावी प्रचारलाई तीब्र बनाएका छन् । त्यसैगरी पाँचजना सदस्यका लागि ९ जनाले दाबी गरेका छन् । कारोबार दैनिककी सरस्वती ढकाल, बिजमाण्डूका सविन मिश्र, नागरिक दैनिकका सुजन ओली, कान्तिपुर एफएमका अनिल परियार, नयाँ पत्रिका दैनिकका सुदीपकुमार ढुंगाना, माउन्टेन टेलिभिजनका भागवत भट्टराई, हिमालय टाइम्स दैनिकका किरण ढकाल र मेरोलगानीका सुरेन्द्र थापाले उम्मेद्वारी घोषणा गरी प्रचार प्रसारलाई तीब्र बनाएका छन् । आगामी चुनावमा आफ्नो पक्षलाई जिताउनका लागि भनेर केही पूर्वअध्यक्ष र पर्दा पछाडिका खेलाडीहरू बागबजार, तिनकुने ,पुतलीसडक र अनामनगरमा भेला हुने गरेका छन्।

प्रकाशित : ९ भाद्र २०७२, बुधबार १५:२४