नेप्सेमा सुधार देखिएन, १२ दशमलब ३२ अंकले ओरालो लाग्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेप्सेमा सुधार देखिएन, १२ दशमलब ३२ अंकले ओरालो लाग्यो



काठमाडौं । बिहीबार नेप्से परिसुचक १२ दशमलब ३२ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १४ सय ७२ दशमलब १५ अंकमा झरेर बन्द भएको हो ।

उत्पादन बाहेक कारोबारमा आएका सबै समुहको परिसुचक ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको देखिन्छ । सो दिन बीमा समुहको परिसुचक सबैभन्दा बढी ७७ दशमलब ६१ अंकले घटेको छ । त्यस्तै अन्य २३, जलविद्युत २२, माइक्रोफाइनान्स २१,विकास बैंक १९ दशमलब ३५ र होटल समुहको परिसुचक ११ दशमलब १५ अंकले घटेको छ ।

त्यसैगरी बैंकिङ समुह ६,फाइनान्स २ दशमलब ७८ र ट्रेडिङ समुहको परिसुचक १ दशमलब ९४ अंकले ओरालो लागेको हो । यता उत्पादन समुह भने १४ दशमलब ९४ अंकले उकालो लागेको छ । बिहीबार १सय ५३ ओटा कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको ९ लाख ९० हजार कित्ता सेयरबाट ४७ करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रकाशित : ६ पुष २०७४, बिहीबार १५:५०