स्ट्याण्डर्ड चाटर्डको कहिले होला बुक क्लोज ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

स्ट्याण्डर्ड चाटर्डको कहिले होला बुक क्लोज ?



काठमाडौं। स्ट्याण्डर्ड चाटर्ड बैंक नेपाल लिमिटेडले पुस २६ आफ्नो ३१ औं वार्षिक साधारणसभा बोलाएको छ । उक्त साधारणसभाको लागि पुस १६ गतेदेखि पुस २६ गतेसम्म शेयरधनी पुस्तिका बन्द रहने नेप्सेले जनाएको छ ।

बैंकले उक्त सभामा शेयरधनीलाई शत प्रतिशत बोनस शेयर दिने प्रस्ताव पेश गर्ने भएको छ । बैंकले गत आर्थिक बर्षमा १ अर्ब ३८ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस्तै सभामा अधिकृत पुँजी वृद्धि गरी ९ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव समेत लगिने भएको छ । सभाले सर्वसाधारण शेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्न एक जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । सभामाकार्यक्रम रहेको छ ।

प्रकाशित : ७ पुष २०७४, शुक्रबार १३:४९