सेजन अध्यक्षमा गोकर्ण अवस्थी निर्वाचित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सेजन अध्यक्षमा गोकर्ण अवस्थी निर्वाचित



काठमाडौँ । नेपाल आर्थिक पत्रकार समाजको १६ औँ वार्षिक साधारण सभाले गोकर्ण अवस्थीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ। शुक्रबार राति सकिएको मतगणनामा अवस्थीले १०९ मत प्राप्त गरेका थिए भने निकट प्रतिस्पर्धी कुबेर चालिसेले ७८ र लोकबहादुर चापागाइँले २७ मत ल्याए। कान्तिपुर दैनिकमा कार्यरत अवस्थी यसअघिको कार्यसमितिमा उपाध्यक्ष भइसकेका थिए।

त्यस्तै उपाध्यक्षमा दि हिमालयन टाइम्सका पुष्पराज आचार्य १११ मतका साथ विजयी भएका छन्। उनका निकट प्रतिस्पर्धी रमेश ढकालले ५५, बद्री गौतमले ३० र शरदचन्द्र भण्डारीले १७ मत पाए। महासचिवमा दि राइजिङ नेपालका मोदनाथ ढकाल १०३ मतका साथ विजयी भए। उनका निकट प्रतिस्पर्धी सुदर्शन सापकोटाले ८७ मत र अच्युत पौडेलले २७ मत ल्याए।

सचिवमा बिजखबरका रामराजा श्रेष्ठ ७६ मतका साथ विजयी भए। निकट प्रतिस्पर्धीमा आशिष ज्ञवालीले ५३,  भुवन पौडेलले ३१, उद्धव थापाले ३०, सीताराम विलासीले २४ मत पाए।

कोषाध्यक्षमा राजधानी दैनिकका भीम गौतम ९३ मतका साथ विजयी भए। पुष्प दुलालले ६२ र राधिका ढकालले ५८ मत पाए।

पाँच सदस्यका लागि नौ जनाको उम्मेदवारी परेकोमा कारोबार दैनिककी सरस्वती ढकाल, बिजमाण्डुका सविन मिश्र, नागरिक दैनिकका सुजन ओली, कान्तिपुर एफएमका अनिल परियार, माउन्टेन टेलिभिजनका भागवत भट्टराई विजयी भए।

प्रकाशित : ११ भाद्र २०७२, शुक्रबार १७:२१