चीनको औद्योगिक नाफामा कमी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

चीनको औद्योगिक नाफामा कमी



chinaकाठमाडौं। सन् १५ को जुलाईमा चीनको  औद्योगीक नाफामा कमी आएको छ । यससँगै आर्थिक स्थिरता हासिल गर्न संघर्षरत चिनियाँ नितिनिर्माताहरुलाई थप दबाब परेको बिश्लेषण गरिएको छ । नेशनल ब्यारो अफ स्टा्याटिष्टिक (एनबीएस)  ले जुनमा शुन्य दशमलव ३ प्रतिशत घटेको चिनियाँ औद्योगिक क्षेत्रको नाफा जुलाईमा भने २ दशमलव ९ प्रतिशतले घटेको बताएको छ । घरेलु मागमा आएको कमजोरी र कारखानाको प्रवेश मूल्यमा भएको लगातारको कमीका कारण कारखाना गतिविधि सुस्ताएको हो ।

यो वर्षको पहिलो ७ महीनामा चीनको औद्योगिक नाफा गतवर्षको तुलनामा १ प्रतिशतले घटेको तथ्याङ्क छ । घट्दो औद्यागिक नाफाले उद्यामीको मनोबलमा कमी ल्याउने, मनुफ्याक्चरिङ क्षेत्रको लगानी घटाउने र सरकारी राजस्व संकलन तथा कम्पनीको नगद प्रवाहमा समेत नकरात्मक प्रभाव पार्ने विज्ञहरुले बताएका छन् । एजेन्सी

प्रकाशित : १४ भाद्र २०७२, सोमबार १०:४७