बिमाले उचाल्यो सेयर बजार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बिमाले उचाल्यो सेयर बजार



काठमाडौं । बिमा कम्पनीहरुको मूल्यमा उछाल आएपछि सेयर बजार सुचक १६.३९ अंकले उक्लिएको छ । बिमा कम्पनीहरुको सुचक ३८८ अंकले बृद्धि भएसँगै समग्र बजार उकालो लागेको हो ।
अन्य र जलविद्युत् सुचक भने ओरालो लागेका छन् । दिनभरीमा १३२ कम्पनीका ६१ करोड ३३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कुल नौं लाख ३१ हजार ८६० कित्ता सेयर किनबेच भएका छन् ।
बिमा कम्पनीहरुको मात्र १७ करोड ६२ लाख रुपैयाँको सेयर किनबेच भएको छ । बैंकिङ सुचक ६.६ अंकले बढेको छ भने होटल १३, विकास बैंक १७ र फाइनान्स आधा अंकभन्दा कमले बढेको छ ।
सबैभन्दा वढी नेशनल लाइफको ६ करोड ५३ लाख, एभरेष्ट बैंकको पाँच करोड ३४ लाख, नबिल संस्थापक तीन करोड ७९ लाख, कुमारी तीन करोड ६६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । कुमारी र एभरेष्ट बैंकको मर्जरको हल्लाले कुमारी बैंकको मूल्यमा १० प्रतिशतको उछाल देखिएको छ ।

प्रकाशित : १४ भाद्र २०७२, सोमबार १०:५५