सेयर लगानीकर्तालाई सिभिलले किन बोलायो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सेयर लगानीकर्तालाई सिभिलले किन बोलायो ?



काठमाडौं । सिभिल बैंकले लगानीकर्तालाई सेयर धितो कर्जा लिन बोलाएको छ । सेयर बजार ओरालो लागि रहेका बेला बढाउनका लागि बैंकले सेयर धितोमा राखी तत्काल कर्जा लिन पाइने गरी सेयर धितो कर्जा छिटो योजना ल्याएको हो ।

सेयर धितोमा राखेर सरल प्रक्रियाबाट आकर्षक ब्याज दरमा तत्काल कर्जा पाइने बैंकले जानकारी दिएको छ । बैंकले कर्जाको दर भने खुलाएको छैन् । निक्षेपको ब्याज दर बढी रहेको बेला बैंकले आकर्षक ब्याज दरमा सेयर कर्जा निदे भनेका छ ।

सेयर ब्रोकरलाई सेयर किन्नका लागि मार्जिन ट्रेडिङ लागु हुन लागेका बेला बैंकले सेयर कर्जा योजना ल्याएको हो ।

चालु आर्थिक वर्षको कात्तिकसम्म सेयर कर्जा साढे ५ प्रतिशत बढेर ४२ अर्ब ६९ करोड रुपैयाँ पुगको छ । ४ महिनामा मात्रै २ अर्ब २१ करोड ५२ लाख रुपैयाँ सेयर कर्जा प्रवाह भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित : ११ पुष २०७४, मंगलवार ०९:०३